हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ का लागि राजस्वको दर वृद्धि गरेको प्रति आइतबार हेटौँडाका युवा व्यवसायीले उपमहानगरपालिकाको मूल ढोका अगाडि 'चुप आन्दोलन' सुरु गरेका छन् ।
नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँके वन अपराध र नियन्त्रणमा लुम्बिनी प्रदेश भरिमै उत्कृष्ट घोषित भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क भर्ना गरिदिने भएको छ । यस जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई रेसुङ्गा नगरपालिकाले निःशुल्क भर्ना गरिदिने भएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभएको थियो ।
नवलपुरको गैँडाकोटमा पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी कोरिडोरको सडक एकतर्फी सञ्चालनमा आएको छ । वर्षातका कारण गैँडाकोट नगरपालिका–३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।
स्थानीय नागरिकलाई शुद्ध पानी पुर्याउने उद्धे श्यले गुल्मीको कालीगण्डकी गाउँपालिकाले खानेपानी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
सामुदायिक कामका लागि श्रम संस्कृति हराउँदै जान थालेपछि निस्दी गाउँपालिका ६ नं. वडा कार्यालय अर्चलेले अभियान सुरु गरेको हो ।
नयाँदिल्ली, साउन २७ गते । भारतका पूर्व विदेशमन्त्री तथा कांग्रेस नेता के. नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उहाँको गुरुग्राम (हरियाणा) स्थित मेदान्त अस्पतालमा निधन भएको हो । काङ्ग्रेस नेता एवं राज्यसभा सांसद रणदीप सिंह सुरजेवालाले शनिबार राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोष्ट गरेको शोक सन्देशमा भनिएको छ, “पूर्व विदेशमन्त्री नटवर सिंहजीको निधन भएको छ । ईश्वरले उहाँको परिवारलाई यो क्षति सहने शक्ति प्रदान गरुन्, साथै, दिवङ्गत आत्माको शान्तिका लागि कामना ।यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व विदेशमन्त्री नटवर सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले कूटनीति र वैदेशिक नीतिका क्षेत्रमा भारतका लागि गरेको योगदानको प्रशंसा गर्नुभएको छ । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “नटवर सिंहजीको निधनबाट मर्माहत भएको छु । उहाँले कूटनीति र विदेश नीतिको क्षेत्रमा भारतका लागि ठूलो योगदान दिनुभएको छ । उहाँ आफ्नो बुद्धि र विपुल लेखनका लागि पनि चिनिनुहुन्थ्यो । दुःखको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु ।सिंहले सन् २००४ देखि २००५ सम्म यूपीए सरकारका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रीपरिषदमा विदेशमन्त्रीको रूपमा काम गर्नुभएको थियो । सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो । रासस/एएनआई
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ इलामले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ
सप्ताहान्तको फुर्सदलाई पोखरेली वाङ्मयप्रेमीले साहित्यको रसास्वादनमा खर्चिए । कतै मुक्तक सुनिए, कहीँ गजल । उपन्यासमाथिको बहसदेखि नाट्यकृतिको लोकार्पण एकै दिन भए ।
प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ ।
कोहलपुर नगरपालिका–१२ र १३ मा पर्ने चप्परगौडी, खडकवारलगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौडी–खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माणलाई राज्यले प्राथमिकता दिनुपर्ने स्थानीय अगुवा टेकबहादुर शाहीले बताउनुभयो ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।