• १६ भदौ २०८१, आइतबार

कालीगण्डकी कोरिडोरको सडक एकतर्फी सञ्चालनमा

blog

मीना कंडेल

कावासोती, साउन २७ गते । नवलपुरको गैँडाकोटमा पहिरो खसेपछि अवरुद्ध कालीगण्डकी कोरिडोरको सडक एकतर्फी सञ्चालनमा आएको छ । वर्षातका कारण गैँडाकोट नगरपालिका–३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले पहिरो हटाउनका लागि समन्वय भइरहेको बताउनुभयो । स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सामान्य वर्षातमा पनि कालीगण्डकी कोरिडोरअन्तर्गत सडकमा बेलाबेलामा पहिरो खसेर सडक अवरुद्ध हुँदा कालीगण्डकी कोरिडोर हुँदै गैँडाकोटबाट पहाडी भेग र पाल्पाको रामपुरतर्फ यातायात सञ्चालन हुन सकेको छैन । 

कोरिडोर बन्द हुँदा जिल्लाको मुख्य बजार र राजमार्गबाट पहाडी भेग आवतजावतमा समस्या भएको छ । दैनिक जीवनमा कठिनाइ उत्पन्न भएको छ । दुवैतर्फ सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।