तीन दशकअघि जारी भएको नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५१ लाई समय–सापेक्ष बनाउने प्रयास थालिएको छ । यो ऐन संशोधन गर्न राष्ट्रिय सभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट संशोधन विधेयक दर्ता भएको छ । कानुन व्यवसाय तथा कानुन शिक्षाको क्षेत्रमा देखिएका चुनौतीलाई सामना गर्ने उद्देश्यका साथ कानुन मन्त्रालय, नेपाल कानुन व्यवसायी परिषद्, नेपाल बार एसोसिएसनलगायत सरोकारवाला निकायले गरेको लामो कसरतपछि विधेयकले संसद्मा प्रवेश पा
चालु आर्थिक वर्षको बजेटमा साधारण खर्च ११ खर्ब ४० अर्ब ६६ करोड रुपियाँ विनियोजन भएको छ । कुल बजेट १८ खर्ब ६० अर्ब ३० करोडमा पुँजीगत खर्च भने तीन खर्ब ५२ अर्ब ३५ करोड मात्र छ । अर्थतन्त्रमा लगानी बढाई रोजगारी सिर्जना गर्न साधारण खर्चको ठुलो भूमिका हुँदैन । पुँजीगत बजेट विकास निर्माणसँग सम्बन्धित हुन्छ । सरकारले एक खर्ब रुपियाँ विकास खर्चमा लगाउँदा त्यसले समग्र अर्थतन्त्रमा चार खर्ब रुपियाँसम्मको आर्थिक गतिशीलता ल्याउँछ भन्ने अर्थशास्त्रीय मान्यता छ । सालिन्दा पुँजीगत बजेटको आकार सीमित हुँदै गएको छ भने साधारण खर्चमा सीमाभित्र ल्याउन सकिएको छैन । बरु सरकारले
संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरि सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाइँदै आइएको छ । सर्वप्रथम पोर्चुगलको लिस्वनमा १९९८ अगस्ट ८ देखि १२ सम्म भएको विश्वस्तरीय युवा मन्त्रीहरूको सम्मेलनले युवासम्बन्धी प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावका आधारमा १७ डिसेम्बर १९९९ मा भएको राष्ट्र सङ्घको साधारणसभाको प्रस्ताव नं ५४ र १२० ले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा ग¥यो । सोही घोषणाका आधारमा सन् २००० अगस्ट १२ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । नेपालमा पनि सन् २००४ बाट युवा दिवस मनाइँदै आइएको छ ।
‘मान्छे रैछे खल्ली हजुर अर्कैसँग चली, प्रिय तिम्रै सिउँदोमा सिन्दूर भर्न देऊ...’ लगायत दर्जनौँ चर्चित गीतका गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । गायक तिमिल्सिनाको आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि प्रकाशको शव राखिएको थियो । जिल्ला प्रहरीपरिसर, ललितपुरका अनुसार गायक तिमिल्सिना ललितपुर महानगरपालिका–१८ स्थित आफ्नै कोठामा शनिबार राति ९ बजे मृत भेटिनुभएको हो । प्रहरीपरिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार गायक तिमिल्सिना बेहोस अवस्थामा रहेको सूचना पाएपछि पाटन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।
डोल्पा जिल्लाका तस्बिर र भिडियोको प्रदर्शनी काठमाडौँमा जारी छ । प्रदर्शनीमा डोल्पा जिल्लामा उत्पादित सामग्रीसमेत राखिएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट सङ्घीय राजधानीलाई कर्णालीसँग जोड्ने दसमहिने ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तर्गत डोल्पा जिल्लाको प्रदर्शनी थालिएको हो । मनघरी फाउन्डेसनद्वारा आयोजित प्रदर्शनी शनिबारदेखि सुरु भएको हो । प्रदर्शनी सोमबारसम्म जारी रहने जनाइएको छ । यसअघि दैलेखको तस्बिर, भिडियो र उत्पादन प्रदर्शनी गरिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइराला लिखित ‘आफ्नो बाटो, आफ्नै पाइला’ आत्मवृत्तान्त र ‘एक्काको जोडा एक्का’ कथासङ्ग्रह आइतबार सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यी दुई कृति सार्वजनिक गर्नुभएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबिच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्याङ्कनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिव र महालेखा नियन्त्रक सम्झौतामा उल्लिखित कार्यकम कार्यान्वयनमा खरो रूपमा उत्रिने विश्वास व्यक्त गर्नुभयो ।
निजी क्षेत्रको पहिलो नबिल बैङ्क लिमिटेडले चार दशकको यात्रा पूरा गरिसकेको छ । नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त पहिलो वाणिज्य बैङ्कले बैङ्किङ क्षेत्रप्रतिको आमधारणा परिवर्तन गर्दै सर्वसाधारणलाई बैङ्किङ कारोबारमा अभ्यस्त बनाउन भूमिका खेलेको छ । ब्यालेन्स सिटका आधारमा सर्वाधिक खुद नाफा कमाउँदै आएको बैङ्कको वितरणयोग्य मुनाफा पनि अरूको तुलनामा धेरै छ । पछिल्लो समय सर्वाधिक नाफा आर्जन गरेको बैङ्कको ४१ बर्से यात्रा, नेपालको बैङ्किङ व्यवसाय, नबिलको वित्तीय अवस्थालगायतका विषयमा प्रस्तुत छ, बैङ्कको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानासँग भेषराज बेल्बासेले गर्नुभएको कुराकानी :
नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाउँदा वार्षिक १२ अर्ब रुपियाँ आम्दानी थपिएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट ५.७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२.७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको दीर्घकालीन स्याहार केन्द्र सहायक श्रमिकका रूपमा नेपालबाट लैजान लागिएका श्रमिकको कागजात परीक्षणका लागि उच्चस्तरीय समिति गठन भएको छ । इजरायलमा केयर गिभरमा जानका लागि केही व्यक्तिले नक्कली कागजात पेस गरेको भन्ने उजुरी परेपछि श्रम मन्त्रालयका सहसचिव मेघराज रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले दक्षिण एसियाको राजनीतिक हलचलप्रति संवेदनशील बन्नुपर्ने बताएका छन् । साउन २३ गतेदेखि जारी बैठकमा आइतबार बोल्ने नेताहरूले बङ्गलादेशको प्रदर्शन र सत्ता उलटफेरबाट नेपाल बेलैमा सचेत र संवेदनशील हुनुपर्ने बताएका हुन् ।
विभिन्न देशको आवासीय राजदूतमा सिफारिसमा परेका १७ जनाको संसदीय सुनुवाइका प्रक्रिया अघि बढाउन सरकारले पत्राचार गरेको छ । मन्त्रीपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ । अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा कोशी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीसहित नौ जनालाई नेपाल प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, टेलिशृङ्खला ‘सक्किगोनी’ का कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा रहेको प्रहरीले जनाएको छ ।
हात्तीलाई गरिएको क्षयरोग अर्थात् ‘ट्युबरक्लोसिस’ (टिबी) को उपचार प्रभावकारी देखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र चितवनका अन्य हात्ती टिबीले मर्न थालेपछि उपचार थालिएको थियो । उपचार थालिएको चार वर्षयता हात्तीमा टिबीका कुनै पनि लक्षण नदेखिएको पशु चिकित्सकले जनाएका छन् । यससँगै हात्तीलाई खुवाइएको क्षयरोगको औषधी र उपचार प्रभावकारी देखिएको हो । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठले लामो समयदेखि चितवनका हात्तीमा क्षयरोग नदेखिएको बताउनुभयो ।
झापामा पुनः विषालु सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । बिर्तामोड– ७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो ।