तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको थियो ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको हल्जी गाउँको उत्तरतर्फ पर्ने काँच्यो क्षेत्रमा नयाँ झरना पत्ता लागेको छ । सो क्षेत्रमा रहेको ताल हेर्न जाने क्रममा लिमीको हल्जी गाउँका स्थानीयले सो झरना पत्ता लगाएका हुन् ।
इलाम आफैं पनि तरकारी उत्पादन हुने जिल्ला हो । इलाममा उत्पादित तरकारी दैनिक रुपमा झापाका बजारमा निकासी हुने गरेको छ । झापाका चारआली, विर्तामोड, दमकमा इलामको तरकारी पुग्ने गरेको छ । तर यतिबेला इलाममै तरकारीको मूल्य आकासिएको छ ।
मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङले ७ सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ ।
पहिरोले प्रभावित बागलुङको बडीगाड गाउँपालिका–९ र १० का विभिन्न बस्तीमा विद्युत् सेवा र पिउने पानीको समस्या भएको छ । गत मङ्गलबार आएको पहिरोका कारण लघुजलविद्युत् आयोजना र खानेपानी योजनामा क्षति पुगेका कारण सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । पहिरोका कारण यहाँका धेरै बस्ती जोखिममा परेका छन् । दर्लिङखोला लघुजलविद्युत् आयोजनाको मुहान र कुलोमा पहिरोले क्षति पु¥याएपछि वडा नम्बर ९ र १० का करिब एक हजार दुई सय घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताउनुभयो ।
पछिल्लो समय सामुदायिक वनका साथै सामाजिक संस्थाले वातावरण संरक्षणका लागि वृक्षरोपणलाई तीव्रता दिइरहेका छन् । वृक्षरोपण त हुन्छ तर संरक्षणको अभावमा बिरुवा हुर्कन सक्दैनन् । संरक्षण मात्र होइन हावापानी, माटो र वनस्पतिको जीवनबारे जानकार नहुँदा वृक्षरोपण प्रभावकारी हुन छाडेको छ । जलवायु परिवर्तनलाई कम गर्न वृक्षरोपणले धेरै टेवा पु¥याउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने सरोकारवालाले चासो दिएका छन् । औपचारिकताका लागि मात्र बिरुवा रोप्ने भन्दा पनि त्यसको प्रभावकारितामा पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ ।
पूर्व पश्चिम राजमार्गको पम्फा खोला माथिको पुलमा आइतबार राती दुर्घटना हुदा १० जना घाइते भएका छन् ।
यहाँको पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोला–सिस्ने गाउँपालिका–२ नायगाड–पुथाउत्तरगङ्गा त्रिवेणी सडकखण्डमा ठेकेदारसँग निर्माण सम्झौता तोडिएको छ । पटक पटक म्याद थप गर्दा समेत ठेकेदारले समयमै काम गर्न नसकेपछि देउखोला–नायगाड–त्रिवेणी सडकखण्डको ठेक्का तोडिएको हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) द्वारा यो सडकखण्डको सडक निर्माण भइरहेको छ । २०७५ असोज महिनामा आरसिआइपीले पिएच/शङ्कर माली जेभीसँग यस खण्डको सडक निर्माणका लागि सम्झौता गरेको थियो । छ वर्षसम्म पनि काम गर्न नसकेपछि बाध्य भएर ठेकेदारसँग ठेक्का तोड्नु परेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुकुमपश्चिमका प्रमुख रामआशिष शाहले जानकारी दिनुभयो । यो अवधिमा आठ पटक म्याद थप गर्दा समेत ठेकेदारले काम गर्न नसकेको शाहले बताउनुभयो । ठेक्का लिएर सडक अलपत्र पारेपछि गएको असार १९ गते ठेक्का तोडिएको शाहले बताउनुभयो । पुरानो ठेकेदारसँग ठेक्का तोडेर नयाँ ठेक्काका लागि प्रक्रिया थालिएको उहाँको भनाइ रहेको छ ।
गुल्मीका तीन हजार घरधुरीमा अझै पनि विद्युत् सेवा पुग्न सकेको छैन । जिल्लाको मालिका गाउँपालिका–१, २ र ३ वडामा अझै पनि विद्युत् सेवा पुग्न सकेको छैन भने मुसीकोट नगरपालिका–१, २, ८ र ९ का वडावासीले लघु जलविद्युत्मार्फत कहिलेकाहीँ मात्रै उज्यालो पाउने गरेका छन् । स्थानीय लघु जलविद्युत्को नहर र बाँध पहिरोले बगाएपछि यहाँका बासिन्दा अचेल अँध्यारोमा बस्न बाध्य छन् ।
बजेट अभावका कारण अर्घाखाँचीको अर्घाभगवती विमानस्थलको निर्माण कार्य अलपत्र परेको छ । सन्धिखर्क नगरपालिका–१०, शिखरबार्नीमा २०७३ असार १३ गते शिलान्यास भएको विमानस्थलको आठ वर्षमा धावनमार्ग सम्याउने (कटिङ) को काम मात्रै भएको छ । पार्किङलगायतका संरचना निर्माण र ग्राभेल तथा पिच (कालोपत्रे) को काम बाँकी छ । ६० प्रतिशत काम सम्पन्न भए पनि हाल निर्माण कार्य बन्द छ ।
सुरक्षाका लागि सबैभन्दा महìवपूर्ण जनावर हात्ती भएकाले यसको संरक्षण अपरिहार्य बन्दै गएको छ । लोपोन्मुख वन्यजन्तुको संरक्ष
कालीकोट जिल्ला सदरमुकाम मान्म बजार पहिरोको उच्च जोखिममा रहेको छ । बर्सातको समयमा जमिन भासिने क्रम भइरहेको छ । सदरमुकाम मान्म तीनतिरको पहिरोको जोखिममा पर्दै आएको छ । मान्म बजारको पूर्व, पश्चिम र उत्तरी क्षेत्रमा पहिरो झर्ने गरेको छ । नेपाली सेनाको क्याम्प रहेको आरुपाटादेखिको जमिनमा चिरा परेको एक दशक भइसकेको छ भने गत वर्षदेखि थप जमिन भासिँदै गएको छ । बजारको उत्तरपट्टिको नावगैरको बस्ती पनि उस्तै जोखिममा छ ।
जिल्लाका विभिन्न स्थानबाट विद्युतीय ट्रान्सफर्मर चोरी बिक्री गर्ने १० जनालाई पक्राउ गरिएको छ । सङ्गठित गिरोहले हालसम्म जिल्लाका विभिन्न स्थानमा जडान गरिएका छवटा ट्रान्सफर्मर निकाली त्यसभित्र रहेको तामाको तार चोरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।