आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार भारत प्रस्थान गरेको छ ।
बेत वन भनेर पहिचान बनाएको टीकापुर-७ स्थित सती कर्णाली सामुदायिक वनमा कागती र डाले घाँसखेती सुरु गरिएको छ । वनले यस वर्ष एक सय ५० कागतीका र एक हजार डाले घाँस बकाइनो तथा आँपका बिरुवा रोपेको हो ।
जाजरकोट नलगाड नगरपालिकाका ५३ वर्षीय डम्बर गायन नेपालगन्जमा सारङ्गीको धुनसँगै विरहका भाका सुनाउँदै आउनुभएको छ । गाउँ गाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला डम्बरले पुर्ख्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीविकोपार्जन गर्दै आउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत सङ्गठन निर्माण अभियान सुरु गर्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन वोकले बिदाइ भेट गर्नुभएको छ ।
एएफसी च्यालेन्ज लिगको प्लेअफमा मङ्गलबार नेपालको लिग च्याम्पियन टोली चर्च ब्वाईज युनाइटेड र भुटानको पारो एफसीबिच प्रतिस्पर्धा हुँदैछ ।
दाङको घोराही–लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिल्लाभर कर्णाली कोरिडोर र आन्तरिक सडकमा राति आठ बजेपछि बिहान साँढे पाँच बजेसम्म सवारीसाधनहरू चलाउन नपाइने भएको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्व पर्यटनमन्त्री युजिन रोंङबिच भेटवार्ता भएको छ ।
डिभिजन वन कार्यालय कपिलवस्तुले अतिक्रमित वन क्षेत्र खाली गराउन थालेपछि कपिलवस्तुका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । संयुक्त सुकुम्वासी अव्यवस्थित भूमि संरक्षण सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरेका हुन् ।
एथेन्स नजिकैको जङ्गलमा आगलागी भएको छ । ग्रीसका अग्निनियन्त्रकहरूले आइतबार जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
नेपाली कांग्रेस बाँकेले विविध कार्यक्रम गरेर नेपालगन्ज निवासी नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८६ औँ जन्मजयन्ती मनाएको छ ।
रुस र युक्रेनबिचको युद्धका क्रममा युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रुसले युक्रेनी सीमा नजिकैको बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रुसी गभर्नरले सोमबार बताउनुभएको छ ।