• १६ भदौ २०८१, आइतबार

कपिलवस्तुमा भूमिहीन सुकुम्वासीको प्रदर्शन

blog

जानु पाण्डे

कपिलवस्तु, साउन २८ गते । डिभिजन वन कार्यालय कपिलवस्तुले अतिक्रमित वन क्षेत्र खाली गराउन थालेपछि कपिलवस्तुका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । संयुक्त सुकुम्वासी अव्यवस्थित भूमि संरक्षण सङ्घर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीले बुद्धभूमि नगरपालिका-२ गोरुसिङ्गे बजारमा र्‍याली सहित विरोध सभा गरेका हुन् ।

भूमि आयोगले भूमि सम्बन्धी समस्या समाधान गर्न काम गर्दै गरेको अवस्थामा वन कार्यालयले गरेको ज्यादतीको विरोध स्वरूप प्रदर्शन गरिएको समितिका संयोजक कृष्ण घिमिरेले बताउनुभयो । ज्यादती नरोकिएको खण्ड थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ । 

सभामा नेकपा माओवादी केन्द्रका विष्णु बेल्वासे, रबी ठाकुर, नेकपा एमालेका देवी बेल्वासे, नेकपाका सुनिल सी लगायतले सभामा मन्तव्य राख्नुभएको थियो ।