राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको पुरानो ऐन संशोधन एवम् सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहजीकरण गर्नुपर्ने बताउनुभएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति २०८१ भदौ महिनाभित्रै जारी हुने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
ललितपुरको कोन्जोसोम गाउँपालिका-३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको आर्थिक आयआर्जन बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गुलरिया नगरपालिका-२ को खैरापुरको (पटाहा)मा कृष्णसारको सङ्ख्या बढेको छ । गत वर्षसम्म एक सय ९७ वटा कृष्णसार रहेकामा २७ वटा थपिएर यस वर्ष २२४ पुगेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका-१५ खाँबुस्थित तोरीबारीमा गत असार २४ गते गएको पहिरोबाट पीडित बनेका १५ घर परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको तयारी सुरु गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ । साउन २३ गतेदेखि सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि धारणा राख्ने क्रम जारी रहेको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षरोपण गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबिच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे सोमबार छलफल भएको छ ।
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १७३ जनाको मृत्यु भएको छ ।
बुटवल १३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बिमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन पार्टीसँग आग्रह गर्नुभएको छ ।
सुनसरीका पत्रकार धिरेन्द्र चौधरी पुरस्कृत हुनुभएको छ । चौधरीलाई पहिचान पुरस्कारबाट पुरस्कृत गरिएको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ कोशी प्रदेश समितिले जनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कृषि क्षेत्रको दिगो तथा संस्थागत विकासका लागि मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले १० बुँदे सुझावहरू पेस गरेको छ ।
मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा सङ्घ र समाजवादी विद्यार्थी युनियनले मधेस सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको छ ।