• १६ भदौ २०८१, आइतबार

खोलाले बगाएर मृत्यु

blog

काठमाडौँ, साउन २८ गते । ललितपुरको कोन्जोसोम गाउँपालिका-३ सिलिङगेवेसीमा ठोस्ने खोलाले बगाएर आज एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका-१ दलचोकी बस्ने काभ्रेको पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी साढे दुई वर्षीया प्रिन्सिका भण्डारी रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खोलाले बगाएर आइतबारदेखि हराइरहेकी उनको खोजी गर्ने क्रममा रुखको हाँगामा अड्किएको अवस्थामा आज शव फेला परेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका-६ बौद्ध चुच्चेपाटी ढुङ्गेधारा डेरा गरी बस्ने बैतडी दशरथ चन्द नगरपालिका-४ घर भएका २४ वर्षीय नवीनसिंह बोहरा आफ्नै कोठामा मृत फेला परेका पनि प्रहरीले आज जानकारी दिएको छ । आइतबार मृत भेटिएका उनको विषयमा आवश्यक अनुसन्धान थालिएको पनि कार्कीले बताउनुभयो । रासस