‘झिम्के मामा’ नाटकबाट अभिनय थाल्नुभएकी रक्षा थापा छ वर्षदेखि अभिनय कर्ममै हुनुहुन्छ । कक्षा १२ को परीक्षा दिएर बसेको समयमा लहैलहैमा रङ्गमञ्चमा पाइला राख्न पुगेकी रक्षा यतिबेला चाहिँ व्यावसायिक कर्मकै रूपमा जुट्नुभएको छ । रक्षाले झिम्के मामा, कन्नन हरलता, ताप, त्रयम, अङ्कुरन, बत्तीमुनिको उज्यालो जस्ता नाटकमा अभिनय गरिसक्नुभएको छ । चलचित्र क्षेत्रमा पाइला टेकाइसकेकी रक्षाको इच्छा छ, “वर्षमा एउटा भए पनि नाटकमा अभियन गर्ने रहर पुगेको छैन ।”
पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म (करिब १५ दिन) ‘लाखेनाच’ प्रदर्शन गर्दै आएका छन् । लाखेको मखुन्डो लगाएर बाजाको तालमा लाखे नचाइन्छ । बर्सेनि प्रदर्शन गरिने लाखेनाच केही समय स्थगित गरिएको थियो । २०७४ सालमा रामबजार तायःमचाः समितिले प्रदेश स्तरको लाखेनाच प्रतियोगिता आयोजना गरे पनि निरन्तरता पाउन सकेको थिएन । नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार दुई वर्षअघि प्रतियोगिताकै रूपमा लाखे नचाउन पुनः थालिएको हो । पोखरामा हरेक वर्ष देखाइँदै आएको लाखेनाचको पुनर्जागरण गरिएको पालिखेले बताउनुभयो ।
कास्कीको पोखरा थिएटरले विद्यालयमा नाटक मञ्चन गरिरहेको छ । साहित्यकार हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ को नाट्य रूपान्तरण गरी विद्यालयमा प्रदर्शन गरिएको हो । पोखरा थिएटरका संस्थापक परिवर्तनले ‘एक चिहान’ को नाट्य रूपान्तरण गर्नुभएको हो । २०७६ यता कास्की, नवलपुर, पर्वतमा गरी दुई सयभन्दा बढी पटक ‘एक चिहान’ को मञ्चन गरिसकेको जनाइएको छ ।
हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान गर्ने जनाएको छ । हाललाई सातामा एक दिन मङ्गलबार उडान हुने र आवश्यकता अनुसार उडान थप गर्दै जाने कम्पनीले जनाएको हो । हिमालयले मङ्गलबार १२:४५ मिनेटमा काठमाडौँबाट कुवेतका लागि उडान भर्ने र त्यहाँको स्थानीय समय अनुसार बिहान ३:१५ मिनेटमा अवतरण गर्ने उल्लेख गरेको छ ।
कृषि क्षेत्रका लागि वितरित अनुदानको मूल्याङ्कन आवश्यक भएको कृषि मन्त्रालयका पूर्वसचिवहरूले सुझाव दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग सोमबार मन्त्रालयमा छलफल गर्दै उनीहरूले अनुदानको मूल्याङ्कनसहित नयाँ पुस्ता अनुकूल कृषिमा रूपान्तरण आवश्यक भएको, तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको, बाँझो रहेको जग्गामा उब्जनी गराउने उपाय खोजिनुपर्ने, कृषिमा विकास साझेदारलाई आवश्यकताका आधारमा परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएका हुन् ।
मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात दर बर्सेनि घट्ने क्रममा छ । औद्योगिक उत्पादनमा आएको कमीले बर्सेनि छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्याङ्कले देखाएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामग्री विदेशी निर्यातको अवस्था भने निराशाजनक रहेको तथ्याङ्क छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्य अनुसार काम गर्न नसकेको बताउनुभएको छ । कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भण्डारीले जुन उद्देश्यले कम्पनी स्थापना गरिएको थियो सो अनुसार नतिजा आउन नसकेको बताउनुभएको हो । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने उहाँको भनाइ छ ।
श्रम आप्रवासनका क्रममा हुने सम्पूर्ण खर्च श्रम गन्तव्य देशको रोजगारदाताले बेहोर्ने व्यवस्थासहितको श्रम आप्रवासन नीतिको मसौदा तयार भएको छ । आप्रवासनविज्ञ डा. गणेश गुरुङ नेतृत्वको समितिले आइतबार प्रस्तावित श्रम आप्रवासन नीतिको मसौदा तयार गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसमक्ष हस्तान्तरण गरेको हो । वैदेशिक रोजगार बोर्ड र गन्तव्य देशमा रहेका नेपाली कूटनीतिक नियोगले रोजगारदाताले खर्च बेहोर्ने व्यवस्था पालना गर्ने रोजगारदाता (बजार) खोज्ने विषय मसौदामा समेटिएको छ ।
ह्वाट्सएपले पछिल्लो बिटा संस्करणमा प्रयोगकर्ता प्रोफाइलहरू सुधार गर्न सुविधाहरू प्रस्तुत गरेको छ ।
इजरायलद्वारा एक विद्यालय भवनमा साताको अन्त्यमा भएको आक्रमणमा मारिएका प्यालेस्टिनीहरूको ७५ शव पहिचान गरेका छन् । उद्धारकर्ताहरूले कम्तीमा ९३ जनाको मृत्यु भएका बताएका छन् ।
बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताउनुभएको छ ।
वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा फस्दा एक महिला चरम यौन तथा श्रम शोषणमा परेकी छिन् ।
प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन ‘संहिता’ लाई समयअनुसार गुणस्तरीय बनाउन लेखक तथा पाठकहरूले सुझाव दिनुभएको छ । प्रेस काउन्सिल नेपालमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो सुझाव दिनुभएको हो ।
बाँकेको जानकी गाउँपालिका–४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्मले गत आर्थिक वर्ष २०८०–८१ मा एक लाख ८१ हजार बढी लोकल प्रजातिका चल्ला उत्पादन गरेको छ ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्राविधिक शिक्षाका विज्ञ रमेशकुमार बखती नियुक्त हुनुभएको छ ।