• १६ भदौ २०८१, आइतबार

‘संहिता’ लाई समय सान्दर्भिक बनाउन सुझाव

blog

प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन ‘संहिता’ बारे छलफलमा सहभागीहरु ।

गोरखापत्र अनलाइन 

काठमाडौं, साउन २८ गते । प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन ‘संहिता’ लाई समयअनुसार गुणस्तरीय बनाउन लेखक तथा पाठकहरूले सुझाव दिनुभएको छ । प्रेस काउन्सिल नेपालमा सोमबार भएको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो सुझाव दिनुभएको हो ।

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले संहिताको डिजिटल उपस्थिति अहिलेको आवश्यकता भएको बताउनुभयो । संहिताले प्रकाशन गर्ने सामग्री परम्परागत रहेकाले त्यसलाई गुणस्तरीय बनाउनुपर्ने सुझाव दिनुभयो । हरेक अङ्क विशेषाङ्क अङ्कको रूपमा पठनीय सामग्री प्रकाशन गर्न उहाँले सुझाउनुभयो ।

अध्यापन पेसामा आबद्ध डा. घमराज लुइँटेलले संहितालाई जर्नल फर्मेटमा लग्न सुझाव दिनुभयो । संहितालाई पठनीय र परिष्कृत बताउन सम्पादक मण्डल पनि सोहीअनुसारको सक्षम हुनुपर्ने उहाँले बताउनुभयो । 

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले छलफलबाट आएको सुझावका आधारमा आगामी दिनमा संहितालाई परिमार्जन गर्दै लगिने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा डा. मधुसूदन न्यौपाने, तीर्थ कोइराला, रघु मैनाली, गोविन्द पोखरेल, झविन्द्र भुसाल, लक्की चौधरी, यम विरही,  मोदनाथ ढकाल, सन्तराम विडारी, रामकृष्ण भण्डारी, नम्रता पाण्डे, पार्वती खड्का लगायतले सुझाव दिनुभएको थियो ।