गैँडाकोटका किसान गोपीचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपनमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिनु हुने भएको छ । सो दिन बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिनुभयो ।
बङ्गलादेशको अन्तरिम सरकारका गृहमन्त्री सखावत हुसेनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताउनुभएको छ ।
पिण्डेश्वर बाबाधाममा यो वर्ष पूजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनको अधिक भीड लागेको छ ।
गत आर्थिक वर्ष २०८०–८१ मा म्याग्दी जिल्ला अदालतमा पेश भएका सम्बन्ध बिच्छेदका मुद्दाका लागि झण्डै एक करोड रुपियाँ कानुनी सहायताका लागि पीडितहरुले भुक्तानी गरेका छन् ।
पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत मध्यपहाडी लोकमार्ग हेम्जाको सडक ‘भाइरल रोड’ को नामले परिचित छ ।
क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको एक महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनुभएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ ।
आइतबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ काँस्यसहित १२६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई अवधी सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिले नेपालगन्जमा सम्मान गरेको छ ।
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबारसम्म करिब एक लाख भक्तजनले दर्शन गरेका छन् । साउन महिनाभरी मन्दिरमा भक्तजनको घुइँचो देखिएको छ ।
झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा न.१ मा देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो ।
बिमिस्टेक सम्मेलनका लागि भारत जानुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिनुभयो ।