• २ माघ २०८१, बुधबार

मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिनु हुने

blog

मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, साउन २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिनु हुने भएको छ । सो दिन बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनु हुने मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका शाह नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । 

सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहनू भएकाले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने निश्चित छ ।