अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सयभन्दा बढि विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गर्नुभएको छ ।
धरान खानेपानी बोर्डले केही समयअघि वृद्धि गरेको खानेपानी महसुलको मूल्य फिर्ता गरेको छ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ देखि लागु हुनेगरी साउन १ गतेदेखि खानेपानी महशुलमा वृद्धि गर्ने निर्णय गरेको थियो ।
बङ्गलादेशको नयाँ अन्तरिम सरकारका थप दुई सल्लाहकारले आइतबार शपथ लिनुभएको छ । बिहीबारको शपथग्रहण समारोहमा उपस्थित हुन नसकेका सुप्रदीप चक्मा र विधान रञ्जन रोयलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनबाट शपथग्रहण गर्नुभएको हो ।
अविरल बर्षाका कारण ठुलीभेरी नदीको बहाव अत्यधिक बढेको छ । डोल्पा हुँदै आउने ठुलीभेरी नदीको बहाव बढिरहेकाले सतर्क रहन नदी किनारका वासिन्दालाई बिशेष अनुरोध गरिएको छ ।
इलामको पशुपतिनगर भन्सार कार्यालयमा आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ ।
वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं.३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।
गाउँमा युवा नभएपछि खोटाङमा सुत्केरी महिला र बच्चालाई स्वास्थ्यकर्मीले नै बोकेर घर पु-याइदिएका छन् । अहिले गाउँका अधिकांश युवा वैदेशिक रोजगारले सहर वा विदेश पुगेका छन् । गाउँमा बुढापाका र महिला मात्र बाँकी हुँदा स्वास्थ्य संस्थाबाट सुत्केरी महिला बोकेर घरसम्म ल्याउने युवाको अभाव छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर – ८, खानीगाउँमा जङ्गली च्याउ खाँदा आठ जना बिरामी परेका छन् । खानीगाउँस्थित रेसुङ्गा सामुदायिक वनदेखि टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खादा आठ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
चिचिला गाउँपालिका सङ्खुवासभाका १० स्थानीय तहमध्ये भूगोल र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो स्थानीय तह हो । साबिकको दिदिङ र मत्स्यपोखरी गाउँ विकास समितिलाई समेटेर बने
प्रत्येक वर्षको जून महिनालाई ‘स्कोलियोसिस’ जनचेतना महिनाका रूपमा मनाउने गरिएको छ । मेरुदण्ड बाङ्गो हुने समस्यालाई ‘स्कोलियोसिस’ भनिन्छ । मानिसको शरीरलाई मेरुदण्डले अड्याउँछ । शरीरको पछाडि गर्धनदेखि कम्मरमुनिसम्म पुगेको ठाडो हाड नै मेरुदण्ड हो । स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्या धेरै कारणले हुने गर्दछ । यस्तो समस्या धेरै जसो साना बालबालिकामा देखिन्छ । यो जन्मिँदादेखि नै भएको हुन सक्छ । धेरै जसो १० वर्ष उमेर ना
रुसको कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमणमा परी १३ जना घाइते भएका छन् । उक्त घटनामा दुई जनाको अवस्था गम्भीर रहेको कुस्र्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गर्नु भएको छ ।
अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् ।
वर्षाले बारम्बार डाँडापाखा र खोलाको बाटो बिगारेर यातायात सञ्चालन नहुँदा सर्लाहीको चुरे भेगका स्थानीयको दैनिकी असाध्य कष्टकर बनेकोे छ । चुरे भेगका बस्ती पर्ने यहाँको चार पालिकामा खोलाबाट सञ्चालन हुने यातायातका साधन अहिले पूर्ण रूपमा ठप्प छन् । चुरेपाखाका बासिन्दा वडा कार्यालय, बजार, स्वास्थ्य संस्थालगायतका ठाउँमा आउँदा घण्टौँसम्म पैदल हिँड्न बाध्य छन् ।
बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगा(झरना)मा ‘क्यानोनिङ र रक क्लाइम्भिङ’ सुरु भएको छ । उक्त छाँगामा प्रशिक्षकहरुले तालिम दिन थालेपछि क्यानोनिङ र रक क्लाइम्भिकको मज्जा लिनेको घुँइचो लाग्ने गरेको स्थानीय युवा प्रितम गोले तामाङले जानकारी दिनुभयो ।