• ११ मंसिर २०८१, मङ्गलबार

युक्रेनको आक्रमणमा परी रुसको कुस्र्क क्षेत्रमा १३ जना घाइते

blog

मस्को,  साउन  २८ गते ।  रुसको कुस्र्क क्षेत्रमा युक्रेनको  आक्रमणमा परी १३ जना घाइते भएका छन् । उक्त घटनामा दुई जनाको अवस्था गम्भीर रहेको कुस्र्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

रुसी प्रतिरक्षा प्रणालीले रोकेको मिसाइल आवासीय भवनमा खसेपछि आगलागी हुँदा उनीहरु घाइते भएको स्मिरनोभले बताउनुभयो । उक्त भवनको संरचनामा भने उल्लेखनीय क्षति नपुगेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ । उक्त क्षेत्रबाट हालसम्म १५ जनाको उद्धार गरिएको जनाइएको छ ।

युक्रेनी सेनाले क्राइमियाको तट नजिकै ‘ब्ल्याक सि’मा उच्च गतिको रूसी केएस–७०१ डुङ्गा नष्ट गरेको  युक्रेनी रक्षा मन्त्रालयको मुख्य खुफिया निर्देशनालयले जनाएको छ ।  युक्रेनी सेनाले १८ वटा रूसी जहाजमाथि आक्रमण गरेको र मागुरा भी–५ सहित नौ वटा जहाज नष्ट गरेको दाबी गरेको छ । रासस/सिन्ह्वा