• ११ मंसिर २०८१, मङ्गलबार

बङ्गलादेशको अन्तरिम सरकारका थप दुई सल्लाहकारद्वारा शपथ

blog

ढाका, साउन २८ गते । बङ्गलादेशको नयाँ अन्तरिम सरकारका थप दुई सल्लाहकारले आइतबार शपथ लिनुभएको छ । बिहीबारको शपथग्रहण समारोहमा उपस्थित हुन नसकेका सुप्रदीप चक्मा र विधान रञ्जन रोयलाई राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शपथग्रहण गराउनुभएको हो ।

अर्का सल्लाहकार फारुक–ए–आजम अझै देश बाहिर रहेकाले शपथ लिन बाँकी छ ।

अगस्ट ५ मा प्रधानमन्त्री शेख हसिनाको सरकारको अपदस्थपछि मोहम्मद युनुस नेतृत्वको नयाँ अन्तरिम सरकारले अगस्ट ८ मा शपथ लिएको थियो । रासस/सिन्ह्वा