• १६ भदौ २०८१, आइतबार

घोराहीको सिस्ने खोलामा बस दुर्घटना

blog

घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोला उकालोमा दुर्घटनामा परेको बस ।

लिलाधर वली

घोराही, साउन २८ गते । दाङको घोराही–लमही सडक खण्डअन्तर्गत सिस्ने खोलामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुटवलबाट तुलसीपुर जाँदै गरेको लु १ ख ८४१२ नम्बरको बस सोमवार दिउँसो घोराही उपमहानगरपालिका–१७ स्थित सिस्ने खोलाको उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको हो । 

प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार दुर्घटनामा घाइतेहरूको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र सबैको अवस्था सामान्य छ । उहाँका अनुसार दुर्घटनामा ५-६ जनालाई बढी चोट लागेपनि अन्यको अवस्था सामान्य छ । बसमा २० बढी यात्रुहरू सवार थिए । 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । दुर्घटनाका घाइतेहरूको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।