• १६ भदौ २०८१, आइतबार

हात्ती दिवस

बहुउपयोगी हात्तीको संरक्षण अपरिहार्य

blog

शालिग्राम नेपाल 

चितवन, साउन २८ गते  । सुरक्षाका लागि सबैभन्दा महìवपूर्ण जनावर हात्ती भएकाले यसको संरक्षण अपरिहार्य बन्दै गएको छ ।  

लोपोन्मुख वन्यजन्तुको संरक्षणदेखि यातायातको साधनका रूपमा समेत हात्तीको प्रयोग गरिने भएकाले यसको संरक्षण सबैभन्दा महìवपूर्ण भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले बताउनुभयो । “हात्तीबिनाको निकुञ्जको सुरक्षा कल्पनासमेत गर्न सक्दैनौँ,” गोरखापत्रसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “बाघ नियन्त्रण हात्तीबिना सकिँदैन ।” मानव बस्तीमा छिरेको र आक्रमण गरेर लुकेको बाघलाई नियन्त्रणमा लिने कार्य अहिलेसम्म हात्तीबिना नगरिएको उहाँले बताउनुभयो । डा. श्रेष्ठले भन्नुभयो, “सबै वन्यजन्तु संरक्षण गर्नु पर्छ तर पनि हात्तीको संरक्षण धेरै विषयले आवश्यक छ ।” 

बर्सातमा यातायातका लागि प्रयोग गर्न, बिरामीको उपचार गर्न जान, औषधी ढुवानी गर्न सबै कामका लागि हात्तीको उपयोग आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

चोटपटक लाग्ने समस्या 

हात्तीमा हुने घाउ तथा चोटपटकको समस्या कम गर्न नसकिएको डा. श्रेष्ठले बताउनुभयो । नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र सौराहामा रहेको छ । यहाँ भएका हात्तीमा केही वर्षअगाडि क्षयरोगको सङ्व्रmमण थियो तर अहिले नरहेको श्रेष्ठले जानकारी दिनुभयो । सरुवा रोग नभए पनि नसर्ने रोगबाट हात्तीको संरक्षणमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार हात्तीमा घाउ, चोटपटक, माटो खाएर खाना नपच्ने जस्ता समस्या छन् ।  

खानाका लागि जङ्गल जानेआउने गर्दा रुखमा ठोक्किएर, काँडा तथा तिखा सामग्रीले पु¥याउने चोट हात्तीका लागि कठिन हुने गरेको छ । चार हजार किलोको शरीर भएकाले भार धेरै हुन्छ, उनीहरूमा लागेको घाउ निको गर्न धेरै समय लाग्छ । क्षयरोग नभए पनि यस्ता घाउ तथा चोटपटकले गर्दा हात्तीमा समस्या आउने गरेको छ । चिकित्सक श्रेष्ठले भन्नुभयो, “हामीले यसका लागि उपचार गर्दै आएका छौँ तर पनि नियमित जङ्गल जानुपर्ने भएकाले समस्या निर्मूल पार्न कठिन हुने गरेको छ ।” चरनका लागि जङ्गल जाने भएकाले माटो खाने समस्या अर्को छ । माटो खाने गर्नाले अन्य खाना पच्न कठिन हुने गर्दछ । पाचन प्रणालीमा समस्या आउन थालेपछि अन्य समस्या देखिन्छ । 

बासस्थान मासिँदै जानु चुनौती 

ठुलो शरीर र ठुलो क्षेत्र बासस्थानका लागि आवश्यक पर्ने भएकाले जङ्गल मासिँदै जानु पनि हात्तीका लागि चुनौती थपिएको चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । मानिसको चापले गर्दा विकास निर्माणका पूर्वाधारले जङ्गललाई असर पार्दछ । हात्तीको बासस्थान नै मासिन थालेपछि उनीहरूमाथि चुनौती थपिएको उहाँ बताउनुहुन्छ । सौराहामा रहेको हात्ती प्रजनन केन्द्रमा सरकारी हात्ती ६० वटा छन् । निजी हात्ती ३० वटा छन् । यी हात्तीका लागि आवश्यक पर्ने चरन जङ्गल हो । सरकारी हात्ती निकुञ्जभित्र जङ्गलमा जाने गरे पनि निजी भने मध्यवर्ती क्षेत्रमा जाने गर्छन् । 

ठुलो शरीर भएकाले आहारा धेरै आवश्यक पर्छ । ती आहाराको लागि जङ्गल धेरै हुनु पर्दछ । अहिले मानवको चाप वृद्धि, विकासको पूर्वाधार बढ्दोलगायतका कारणले जङ्गल विनाश हँुदै जानु हात्तीको बासस्थानमाथिको अतिव्रmमण भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन बताउनुहुन्छ ।  

हात्ती, बाघ, जरायोलगायत जनावरका लागि चितवन निकुञ्ज उपयुक्त भए पनि मानवको चाप जङ्गलमाथि पर्नाले जनावरको बासस्थानमाथि हरेक वर्ष चुनौती थपिँदै गएको उहाँले बताउनुभयो । निकुञ्जका सूचना अधिकारी तिवारीले मानव र वन्यजन्तुबिचको द्वन्द्वलाई कमी गर्दै लैजानुपर्ने अवस्था रहेको बताउनुभयो । 

निजी हात्ती पाल्नै समस्या 

चार वर्षअगाडि मात्र चितवनको सौराहामा निजी क्षेत्रका ६८ वटा हात्ती थिए । कोभिडका कारण पर्यटकको सङ्ख्या कमी, हात्तीको दानापानी पु¥याउन नसक्ने भएपछि अहिले ३० वटामा झरेका छन् । हात्ती पाल्नका लागि खर्च धेरै तर आम्दानी कमी भएपछि निजी क्षेत्रले हात्ती पाल्न छाडेको क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले बताउनुभयो । “पर्यटक आउँदैनन्, कमाइ छैन, कसरी हात्ती पाल्ने ? पाल्नै नसक्ने भएपछि धमाधम बिव्रmी गरिएको हो,” अध्यक्ष गिरीले भन्नुभयो । 

कोभिडपछि पर्यटकको कमी हुँदा मध्यवर्ती क्षेत्रमा सफारीका लागि जाने हात्ती घटेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनुभयो । सौराहा क्षेत्रमा सबैभन्दा धेरै हात्ती सफारी गर्ने सामुदायिक वन बाघमारा हो । यहाँ चार वर्षअगाडि मात्रै बिहान दुई दर्जन र बेलुका दुई दर्जन हात्ती सफारीका लागि जाने गरेका थिए तर अहिले मुस्किलले बिहानबेलुका गरी १० वटा जाने गरेको अध्यक्ष तामाङले बताउनुभयो । पर्यटकको कमी भएसँगै मध्यवर्तीमा हात्ती प्रवेशबाट हुने कमाइ घटेको उहाँले बताउनुभयो । 

चितवनको सौराहा र निकुञ्ज आसपासमा घुम्न आएका पर्यटक हात्ती सफारी गर्न रुचाउँछन् । सरकारी हात्तीबाट पर्यटक घुमाउने गरिएको छैन । निकुञ्ज सुरक्षा र अन्य सरकारी कामका लागि प्रयोग गर्ने गरिएको छ । सरकारी पोथी हात्ती प्रजनन केन्द्रमा छन् भने भाले हात्ती निकुञ्जको सुरक्षा पोस्टमा सुरक्षार्थ खटिएको कार्यालयले जनाएको छ । 

वन्यजन्तुको सुरक्षासँगै गैँडा गणना, बाघ गणना र निकुञ्जको गस्तीका लागि हात्ती प्रयोगमा आउने गरेका छन् । निकुञ्जको ५७ वटा पोस्टमा हात्तीले आवश्यकताका आधारमा सुरक्षा प्रदान गर्दै आएका छन् । चितवनसहित अन्य स्थानमा हात्तीको माग सौराहामा रहेको प्रजनन केन्द्रले पु-याउँदै आएको छ । हात्ती दिवस साउन २८ गते सोमबार विभिन्न कार्यव्रmम गरी मनाइँदै छ ।