सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आइतबारदेखि सुरु भएको छ । आइतबारको बैठक ८ मिनेट २५ सेकेन्ड बसेर सकिएको छ ।
पेरिस ओलम्पिकमा महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले हराउँदै स्वर्ण जितेको हो ।
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ ।
खोटाङमा एक वृद्धको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । सालेका गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका ८४ वर्षका वेदि प्रसाद ढकालको पोखरीमा डुबेर मृत्यु भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सुशासनमा ठुला दल नै चुकेको भन्दै पार्टीको ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल महिला खेलाडीलाई पुरस्कार प्रदान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सफारिस गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ। ललितपुरको सानागाउँमा आइतबार बैठक सुरु भएको हो।
रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख सङ्कलन गरिएको छ ।
दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन मानिने मुख्य सडक दोलखा-सिँगटी सडक पहिरोले दुई सातादेखि अवरुद्ध भएको छ । सो सडक अवरुद्ध हुँदा उत्तरी क्षेत्रका तीन गाउँपालिकाका बासिन्दाको जनजीवन प्रभावित बनेको हो ।
आर्थिक वर्ष २०८०-०८१ मा जिल्ला प्रशासन कार्यालय गोरखा र इलाका प्रशासन कार्याालय सिर्दिबासबाट नागरिकता लिने भन्दा राहदानी बनाउनेको सङ्ख्या ४ हजार ७० रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।
भारतीय बजार नियामक प्रमुखले अमेरिकी सर्ट-सेलर फन्ड हिन्डनबर्ग रिसर्चको आरोपहरूलाई आइतबार अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार आइतबार दिउँसो विदेश सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभएको हो।
जसपा नेपालको केन्द्रीय सजनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय तथा पार्टीको सङ्गठनबारे छलफल भइरहेको छ ।