• १६ भदौ २०८१, आइतबार

जसपा नेपालको केन्द्रीय समिति बैठक जारी

blog

काठमाडौँ, साउन २७ गते । जसपा नेपालको केन्द्रीय सजनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय तथा पार्टीको सङ्गठनबारे छलफल भइरहेको छ । 

ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनलगायत विषयमा छलफल चलिरहेको सो पार्टीका प्रवक्ता मनिषकुमार सुमानले जानकारी दिनुभयो । जसपा नेपालको साउन ३० गतेसम्म सञ्चालन हुने बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवम् सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुनेछ । 

मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । बैठकमा एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल हुने जसपा नेपालले जनाएको छ । वर्तमान भू-राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची छ ।

यस्तै, पहिचान र राष्ट्रिय-जातीय मुक्तिको सवाल, समाजवाद सम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता सम्बन्धमा छलफल हुने पार्टीका प्रवक्ता सुमानले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तह, प्रदेशसभा र संसदमा  पार्टीको भूमिका, पार्टी विस्तार तथा सुदृढीकरण कार्ययोजना सम्बन्धमा पनि छलफल हुनेछ ।

देशव्यापीरुपमा जनपरिचालन अभियान सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम सम्बन्धमा कार्ययोजना तथा कार्यक्रम निर्माणलगायत विषयमा बैठकमा विचारविमर्श हुने जसपाले जनाएको छ ।मिति बैठक जारी रासस