• १२ मंसिर २०८१, बुधबार

जसपा नेपालको केन्द्रीय समिति बैठकमा समाजवादी अवधारणामाथि छलफल

blog

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समिति बैठक ।

काठमाडौँ, साउन २७ गते। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ। ललितपुरको सानागाउँमा आइतबार बैठक सुरु भएको हो। 

चार दिनसम्म चल्ने बैठकले छलफलका लागि १० बुँदै एजेण्डा प्रस्तुत गरेको छ। वर्तमान भू-राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीतिको सन्दर्भमा पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय÷जातीय मुक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवाद सम्बन्धी अवधारणा, जनता समाजवादी पार्टी, नेपालका आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा, संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका एजेण्डा छन्।

स्थानीय तह, प्रदेश सभा र सांसदमा पार्टीको भूमिका, पार्टी विस्तार र सुदृढीकरण कार्ययोजनाको सम्बन्धमा जनपरिचालन, सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण सेमिनार, गोष्ठी, जनसभालगायतका आवश्यक कार्यक्रम निर्माण सम्बन्धमा र नेताको कार्य विभाजन तोक्ने सहितका १० वटा एजेण्डा बैठकमा छलफलका लागि तय गरिएको अध्यक्ष यादवले बताउनुभयो। 

बैठकमा स्थानीय तह, प्रदेश सभा र सङ्घीय संसद्लाई पार्टीको तर्फबाट प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने जसपा, नेपालले जनाएको छ।