गल्याङ नगरपालिका–११ छापकी जमुना थापालाई उपचारका लागि रु. १५ लाख हस्तान्तरण गरिएको छ ।
वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो ।
पहिरोले प्रभावित बागलुङको बडिगाड गाउँपालिका ९ र १० का विभिन्न बस्तीमा विद्युत सेवा र पिउने पानीको समस्या भएको छ ।
सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीनले ३९ स्वर्ण, २७ रजत र २४ काँस्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याण्ड, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार रु १० हजार राशिको पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।
मिसेस ग्लोबल नेपाल २०२४ को उपाधि फेसन डिजाइनर सुनीता भुजेलले जित्नुभएकाे छ ।
लहान–१६ का अवकाशप्राप्त प्राविधिक ऊर्जा उपसचिव शुकदेव चौधरी फलफूल खेती गरेर राम्रो आम्दानी मात्रै होइन,अन्य व्यक्तिहरूको लागि प्रेरणाको स्रोत बन्नु भएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ ।
भाइबहिनीहरू, चलचित्र (सिनेमा) हेर्न मजा हुन्छ है ? सिनेमा तयार गर्दा कति मेहनत पर्छ भन्ने कमैलाई थाहा हुन सक्छ । चलचित्र बनाउन निर्माता, निर्देशक, कलाकार र प्राविधिकको भूमिका हुन्छ । निर्देशकले चलचित्र निर्माण गर्न राम्रो कथा छान्छन् । कथामा लगानी गर्न सक्ने निर्मातालाई उनले लाग्ने खर्चका बारेमा भन्छन् । निर्माताले आफूले रकम खर्च गर्न तयार भएको निर्णय गरेपछि निर्देशकले कलाकार र प्राविधिक छनोट गर्छन् । त्यसैले सिनेमाका निर्देशकलाई क्याप्टेन अफ दी सी अर्थात् जहाजको कप्तान पनि भनिन्छ ।
हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा एक सय भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बताएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले यसै आर्थिक वर्षबाट सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । अस्पतालका निर्देशक डा. शिवजी पौडेलले सरकारको कार्यक्रम अन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमै सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो ।
भाइबहिनीहरू, झोलुङ्गे पुल देख्नुभएको छ ? नदी वा खोला तर्नका लागि लच्किने वा हल्लिने खालका फलामे वस्तु प्रयोग गरेर पुल बनाइएका हुन्छन् । फलामका ठुला खम्बामा पुल अड्याइएको हुन्छ । बच्चालाई सुताउन घरमा तन्ना वा पछ्यौराको झोलुङ्गो बनाउने गरिन्छ । ठ्याक्कै झोलुङ्गो जस्तै हुने भएकाले यस्ता पुललाई झोलुङ्गे पुल भनिएको हो । अब भन्नुहोस् त नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल कुन होला ? पक्कै पनि हामी सबैले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महाकाली नदीमा बनेको झोलुङ्गे पुल सबैभन्दा लामो हो भनी पढ्दै र सुन्दै आ
साथीहरू, सांसद छान्ने चुनाव देख्नुभएको छ ? चुनावका लागि मतपत्र तयार गरिन्छ । मतदातासँग मत माग्नका लागि चुनाव प्रचार गरिन्छ । तोकिएको दिनमा मतदाता मतदान स्थलमा पुग्छन् । सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको हुन्छ । कर्मचारी पनि हुन्छन् । मतदाताले जसलाई जिताउन चाहन्छन् उनको चुनाव चिह्नमा स्वस्तिक चिह्न भएको छाप लगाउँछन् । त्यसपछि बडेमानको बाकसको प्वालबाट मतपत्रलाई खसालिन्छ । अन्तिममा मत गनिन्छ र सबैभन्दा बढी मत ल्याउनेले चुनाव जित्छन् । ठिक त्यसै गरी कास्की पोखरा–१६, बाटुलेचौरको विन्ध्यवासिनी माध्यमिक विद्यालयले क्याप्टेन र सहायक क्याप्टेन छान्न चुनाव नै गराएको छ ।
बाघले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि भरतपुर–११ का स्थानीय त्रसित भएका छन् । दुई हप्तायता बाघले बस्तीनजिकै पाडा, बाख्रालाई खाएपछि जङ्गलनजिकैका बस्तीमा त्रास छाएको हो । भरतपुर महानगरपालि