• १६ भदौ २०८१, आइतबार

क्यान्सर अस्पतालको सेवा सबै प्रदेशमा

blog

नारायणगढ समाचारदाता

भरतपुर, साउन २७ गते  । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले यसै आर्थिक वर्षबाट सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । अस्पतालका निर्देशक डा. शिवजी पौडेलले सरकारको कार्यक्रम अन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमै सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो । 

डा. पौडेलले प्रदेशभित्रै रहेका एक सरकारी अस्पतालमा कम्तीमा पाँच शøयाको क्यान्सर उपचार कक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिनुभयो । “क्यान्सर उपचार सेवा प्रदेशस्तरमै लैजाने अस्पतालको उद्देश्य हो,” उहाँले भन्नुभयो, “क्यान्सर भएका बिरामीको शल्यक्रिया गर्ने, केमो चलाउने र क्यान्सर ‘स्व्रmेनिङ’ गर्नका लागि पनि अस्पतालको सेवा विस्तार गर्नुपर्ने आवश्यकता भएको हो ।” अस्पतालका अनुसार कोशी प्रदेशको धनकुटामा, मधेश प्रदेशको जनकपुरमा, गण्डकी प्रदेशको दमौलीमा, लुम्बिनी प्रदेशको दाङमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा अस्पतालले आफ्नो सेवा विस्तार गर्न लागेको हो । बागमती प्रदेशमा भने सिन्धुली वा सिन्धुपाल्चोक कहाँ लैजाने भन्ने टुङ्गो नलागिसकेको निर्देशक डा. पौडेलले जानकारी दिनुभयो । 

विस्तारित सेवामा क्यान्सर अस्पतालबाटै दक्ष चिकित्सक परिचालन गरिने छन् । “क्यान्सर अस्पतालबाटै दक्ष चिकित्सकमार्फत त्यहाँका चिकित्सक तथा नर्सिङ स्टाफलाई तालिम दिएर क्यान्सर उपचार केन्द्र बनाइने छ,” डा. पौडेलले भन्नुभयो, “कम्तीमा पनि महिनामा एक पटक अस्पतालका चिकित्सककै टोली प्रदेश सेवा केन्द्रमा पुगेर एक हप्तासम्म बस्ने र सेवा केन्द्र अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षित गर्ने गरी कार्यतालिका मिलाएका छौँ ।” पहिला क्यान्सर रोगीको शल्यव्रिmया गराउन शल्यव्रिmया कक्ष स्थापना, क्यान्सर उपचार कक्ष निर्माण गर्दै कम्तीमा पाँच श-या स्थापना गर्ने काममा अहिले अस्पताल लागेको छ । 

चीन सरकारको सहयोगमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल २०५१ सालमा स्थापना भएको हो । भरतपुर महानगरपालिका–७, कृष्णपुरमा रहेको यो अस्पतालले अहिले सबै किसिमका क्यान्सर रोगको उपचार गरिरहेको छ । देशकै केन्द्रीय क्यान्सर अस्पतालका रूपमा विकास भएकोे यो अस्पतालमा अहिले ४५० श-या छन् ।