यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ ।
सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि बर्दिबासमा जारी शिव पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन भएको छ ।
रुस र युक्रेनबिचको द्वन्द्वमा कियभको सबैभन्दा ठुलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्कवाद विरोधी अभियान” सुरु गरेको छ ।
काठमाडौँको खुल्लामञ्चको स्तरोन्नति क्रममा माटो सम्म्याउँदै काठमाडौँ महानगरको डोजर ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रदेशस्तरीय खेलकुद विद्यालय घोषणाको तयारीमा सरकार रहेको बताउनुभएको छ । त्यसका लागि गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा झुलन महामहोत्सवको रौनक सुरु भएको छ । चर्चित संस्कृति र पर्वमध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरू सङ्गीतमय बनेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केही हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ ।
जिल्लास्थित राजविराजमा पर्ने भलुवाही खोलामा वर्षौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सफा गरेका छन् । ‘सरसफाइ तपाईँको हातमा, हामी युवा तपाईँको साथमा’ भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका हुन् ।
पूर्व प्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने १३, १६ र २४ नम्बर वडामा देखिएको खानेपानीको समस्या समाधान हुने भएको छ ।
पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ ।
सरकारले तोकेको गुणस्तर मापदण्ड विपरीत बजारमा दुध बिक्री हुने गरेको पाइएपछि बुटवल उपमहानगरपालिकाले कडाइ गरेको छ ।
अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चार जना घाइते भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।
उत्तरी सीमा क्षेत्र नाम्खा गाउँपालिका–५ को हिल्सावासीले उपचारको व्यवस्था गर्न माग गरेका छन् । स्थानीय स्वास्थ्य संस्थामा उपचारको व्यवस्था गर्न उनीहरूको माग छ ।