काठमाडौँ, साउन २६ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताउनुभएको छ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले आफ्नो ठाउँ, पद, योग्यता अनुसार व्यवहार गर्नु नै शिष्टाचार हुने जिकिर गर्नुभयो। उहाँले पदअनुसारको व्यवहार गर्न जान्नसके मात्रै सफल भइने बताउनु भयो। उहाँले जीवन संघर्ष भएकाले सिकेर अघि बढ्न सुझाव दिनुभयो।
उहाँले भन्नुभयो, ‘हामी आफ्नो ठाउँअनुसार, पदअनुसार,योग्यताअनुसार ठाउँमा बस्नुपर्छ। त्यो न शिष्टाचार हो। पदअनुसारको व्यवहार हामीले गर्नुपर्छ। जीवन संघर्ष हो भन्ने हामीलाई थाहा छ, हामीले सिक्नुपर्छ। जुन विषयमा कमजोर छौँ त्यसमा बढी जोड दिनुर्पछ। संघर्ष गरिरहनु पर्छ।’
अध्यक्ष बिजुक्छेले संघर्षलाई कहिल्यै पनि छोड्न नहुने बताउनुभयो।