• १२ मंसिर २०८१, बुधबार

सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरी लाभान्वित

blog

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ललितपुरमा आयोजित सामुदायिक वन दिवस—२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वतरण समारोहलाई सम्बोधन गर्नुहुँदै

ललितपुर, साउन २५ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित सामुदायिक वन दिवस—२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वतरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला कार्यक्रम सुरु भएको बताउनुभयो । उहाँले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजारभन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताउनुभयो ।

‘‘समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला सुरु भएको सामुदायिक वन विकास कार्यक्रम नेपालको एक महत्त्वपूर्ण वन कार्यक्रम हो । यसबाट हालसम्म देशभरका २३ हजारभन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेका छन् ।’’ मन्त्री  ठकुरीले भन्नुभयो, ‘‘करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएका छन् । नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरु, सफलताहरु विश्वमा नै उदाहरणीय छन् । सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्त्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको छ ।’’

मन्त्री ठकुरीले नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरु, सफलताहरु विश्वमा नै उदाहरणीय रहेको जिकिर गर्नुभयो । उहाँले सामुदायिक वनलगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्त्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमबाट स्थानीय समुदायको जीविकोपार्जन सुधार, स्थानीय सामुदायिक विकास, नेतृत्व विकास, तथा लैंगिक र सामाजिक समावेशीकरणमा उल्लेखनीय योगदान पुगेको बताउनुभयो ।

वनमन्त्री ठकुरीले सामुदायिक वनको व्यवस्थापनबाट स्थानीय समदुायको वन पैदावरको व्यवस्थापन र आवश्यकता पूरा गरी जीविकोपार्जन सुधारका साथै उत्पादनमुखी वन व्यवस्थापन र उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना गर्ने र राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।