• ११ मंसिर २०८१, मङ्गलबार

इस्तानबुलबाट ३२ हजार सिरियाली स्वदेश फर्किए

blog

इस्तानबुल, साउन २५ गते । यस वर्षको पहिलो सात महिनामा टर्कीको सबैभन्दा ठुलो शहर इस्तानबुलबाट करिब ३२ हजार सिरियाली आप्रवासी स्वदेश फर्किएका छन् । इस्तानाबुलका गभर्नर दाउट गुलले प्रवासी व्यवस्थापन गर्न शहरमा काम चलिरहेको प्रयास जारी रहेको बताउनुभयो ।

इस्तानबुलमा कुल १.०७ मिलियन विदेशी रहेको बताउनुभयो । यस वर्षको पहिलो सात महिनामा भिसा छुट वा आवास अनुमतिको म्याद सकिएको कारण एक लाख ९१ हजार ७१६ विदेशीले इस्तानाबुल छोडेका छन् । ३१ हजार ७६५ सिरियाली स्वेच्छाले आफ्नो घर फर्किएका छन् ।

सात महिनाको अवधिमा टर्कीले इस्तानबुलमा लगभग चार लाख २० हजार विदेशीको निरीक्षण गरेको छ । जसमा ४२ हजार ७०९ अनियमित आप्रवासीहरू फेला परेका थिए ।

गभर्नरले १७४ विरोधी तस्करी अभियानहरूमा ४२० सन्दिग्ध मानव तस्करलाई पक्राउ गरिएको बतउनुभयो । २०११ मा सिरियाली गृहयुद्ध सुरु भएदेखि, टर्की लाखौं सिरियाली शरणार्थीका लागि युरोप जान खोज्ने प्रमुख ट्रान्जिट बिन्दु बनेको छ ।

आधिकारिक तथ्याङ्कका अनुसार टर्कीमा ३.१ मिलियन सिरियाली छन् । जसमध्ये पाँच लाख ३० हजार २७२ इस्तानबुलमा छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल