शीर्षस्थानमा रहेको नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ यूथ फुटबल लिगमा मच्छिन्द्र क्लबसँग बराबरीमा रोकिएको छ ।
पश्चिम नेपालको सबैभन्दा सुगम मानिने जिल्ला बाँकेका बालबालिकामा नै कुपोषणको समस्या बढ्दै गएको छ । बर्सेनि कुपोषणबाट बालबालिकालाई जोगाउन ठुलो धनराशि खर्च गरिए पनि कुपोषण दर भने घट्न सकेको छैन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली आकाशमा लगातार हवाई दुर्घटना हुनु चिन्ताको विषय भएको बताउनुभएको छ ।
नवलपुरका स्थानीय तहले शुक्रबारका लागि जिल्लाका सबै पालिकामा सार्वजनिक बिदा दिएका छन्। ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा सबै स्थानीय तहले सार्वजनिक बिदा दिइएका हुन्।
बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।
आँधिखोला गाउँपालिकाले पालिका भित्रका विद्यालयलाई शैक्षिक तथा भौतिक सामग्रीहरू प्रदान गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले ‘प्रदेश सामूहिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ लाई प्रमाणीकरण गर्नुभएको छ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको समग्र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न विज्ञहरु सम्मिलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिबार र आइतबार काठमाडौँदेखि चुम्लिङ्टारसम्मको दुईदिने राइड हुने भएको छ । सो राइडमा ३५ बाइकको सहभागिता रहनेछ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीलाई काठमाडौँ महानगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ।
झापाको मेचीनगर नगरपालिका ८ मा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको छ । सर्पले डस्दा मेचीनगर नगरपालिका–८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा शुक्रबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ ।
एन्टीमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) रोकथाम गर्न जथाभाबी औषधी प्रिस्क्राइब गर्ने प्रचलन बन्द गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।