• १२ मंसिर २०८१, बुधबार

नवलपुरका सबै पालिकामा शुक्रबार सार्वजनिक बिदा

blog

बोमलाल गिरी

नवलपुर, साउन २४ गते। नवलपुरका स्थानीय तहले शुक्रबारका लागि जिल्लाका सबै पालिकामा सार्वजनिक बिदा दिएका छन्। ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा सबै स्थानीय तहले सार्वजनिक बिदा दिइएका हुन्।

कावासोती, मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिका तथा बौदीकाली, हुप्सेकोट, विनयी त्रिवेणी र बुलिङटार गाउँपालिकाले सार्वजनिक बिदा दिएको जानकारी गराएका छन्। 

यहाँका स्थानीय तहले सार्वजनिक सूचना जारी गर्दै आदिवासी जनजाति दिवसको दिन शुक्रबार पालिका अन्तर्गतका सबै सरकारी, शैक्षिक संस्था तथा सार्वजनिक संस्थाहरूलाई सार्वजनिक बिदा दिइएको जनाएका छन्।

आदिवासी जनजाति महासङ्घ नवलपुरले ३० औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने जनाएको छ।