संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताउनुभएको छ ।
थारु समुदायको गुरही पर्वको अवसरमा कैलालीको विभिन्न स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् ।
गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने उमेर पनि नभएको होइन ।
गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । गोरखामा बुधबारदेखि निरन्तर रूपमा परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका–५ दर्बुङस्थित लक्ष्मिचोकमा गएको ठुलो पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । बिहीबार ललतिपुरमा तस्बिरमा नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कर्णाली प्रदेश सरकारले वि.सं. २०७८ सालमा बनाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन २०७८ को उत्तर विधायिकी परीक्षणका लागि सामाजिक विकास समितिको टोली अहिले जिल्ला जिल्लामा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश २०८१ पारित गरेको छ ।
सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ ।
प्रहरीले छ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आइसफल पदमार्गका मनोरम तालतलैया ओझेलमा परेका छन् ।
नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडिसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतीलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने एक अध्ययनले औँल्याएको छ ।
कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ ।
दिउँसो नदीमा बाढी आएको थाह हुने भए पनि रातिमा धेरै समस्या हुने यादवको भनाइ छ । तटबन्ध नहुँदा राप्तीको तल्लोतटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन नदीले दिनहुँजसो कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको छ ।
हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले समूहका वरिष्ठ सैन्य कमाण्डर फाउद शोकोरको हत्याको कडा र प्रभावकारी बदला लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।