• १० मंसिर २०८१, सोमबार

गुरही पर्वको अवसरमा बिदा

blog

धनगढी उपमहानगरपालिकाको कार्यालय ।

अविनाश चौधरी

धनगढी, साउन २४ गते । थारु समुदायको गुरही पर्वको अवसरमा कैलालीको विभिन्न स्थानीय तहले भोलि सार्वजनिक बिदा दिएका छन् । 

धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा नगरपालिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका लगायतका स्थानीय तहले स्थानीय सरकारले सार्वजनिक बिदा दिएका हुन । 

थारु समुदायकाले शुक्रबार गुरही पर्व मनाउँदै छन् । सो पर्वको अवसरमा नगर क्षेत्रभरिका सरकारी कार्यालय, शैक्षिक संस्थाहरू एवम् सङ्घ संस्थामा स्थानीय सार्वजनिक बिदा दिइएको धनगढी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले जानकारी दिनुभयो । 

यसैगरी, गोदावरी, गौरीगङ्गा नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा पनि सरकारी कार्यालय, शैक्षिक संस्था, बैङ्क तथा वित्तीय संस्था बन्द रहने पालिकाले जारी गरेको सूचनामा जनाइएको छ ।