• २ माघ २०८१, बुधबार

कर सङ्कलनसम्बन्धी अध्यादेश पारित

blog

मन्त्रिपरिषद् बैठक । तस्बिर : टेकराज जोशी

अविनाश चौधरी
धनगढी, साउन २४ गते ।
 सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश २०८१ पारित गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश पारित गरेको हो । अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ ।

सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश २०८१ आजै प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित हुने र रोकिएको कर सङ्कलनको कार्य आजैबाट सुचारु हुने जनाइएको छ ।

दीर्घबहादुर सोडारी नेतृत्वको अघिल्लो सरकारले बजेट र यससँग सम्बन्धित ऐन पारित गराउन नसकेपछि चालु आर्थिक वर्षमा कर सङ्कलनको कार्य हुन सकेको थिएन । यसैगरी, बजेट शून्यताका कारण खर्च गर्ने बाटो पनि बन्द रहेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले अध्यादेश आजै प्रमाणीकरण भएर कर सङ्कलनको काम आजैबाट हुने बताउनुभयो । विश्वासको मतपछि सरकारले नयाँ बजेट ल्याउने उहाँको भनाइ थियो ।