• १० मंसिर २०८१, सोमबार

शुक्रबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा

blog

नवीन सुवेदी

सुर्खेत, साउन २४ गते । कर्णाली प्रदेश सरकारले साउन २५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो । 

कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) मा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिनुभयो ।