मिथिला क्षेत्रको महत्त्वपूर्ण लोकपर्वमध्ये एक झुला महोत्सव पनि हो । बुधबार बेलुकादेखि सुरु भएको मिथिलाको लोक पर्व झुला महोत्सव रौनक विगतमा भन्दा कम भएको देखिएको छ ।
नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर भएको छ ।
प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पारित भएपछि ऐन संशोधन प्रक्रिया अघि बढेको छ ।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किनु भएको छ ।
बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध छ ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुला पर्व बुधबार रातिदेखि सुरु भएको छ ।
रास्वपाको बागमती प्रदेश समितिले बिहीबार र शुक्रबार भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ । क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवम् प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुईसय ५० जना सहभागी भएका छन् ।
बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको छ ।
संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिस गर्न विज्ञहरुको संलग्नता एक स्वतन्त्र छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ ।
निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म 'नरसिंहाः अवतार'को निर्माण घोषणा गरिएको छ ।
डोनाल्ड ट्रम्पको चुनावी अभियानका कार्यक्रमहरूमा यस्तो सहभागिता सामान्य मानिन्छ तर यी उत्तेजक र आक्रामक नाराबाजीसहितको जुलुस पूर्वराष्ट्रपति ट्रम्पका लागि नभई वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको अभियानको समर्थनमा निकालिएको थियो ।
जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा ९१ सवारी साधन दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ ।