• २ माघ २०८१, बुधबार

जथाभाबी एन्टीमाइक्रोबियल औषधी प्रिस्क्राइब नगर्न सरोकारवालाको सुझाव

blog

काठमाडौँ, साउन २४ गते । एन्टीमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) रोकथाम गर्न जथाभाबी औषधी प्रिस्क्राइब गर्ने प्रचलन बन्द गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

एन्टीमाइक्रोबियल रेसिस्टेन्ट (एएमआर) सम्बन्धी साउथ एसिया रिजनल मिडिया वर्कसपमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरले एन्टीमाइक्रोबियल औषधी जथाभाबी प्रिस्क्राइब गर्न बन्द गर्नुपर्ने बताउनुभयो ।

डा.पोखरेले भन्नुभयो, “एन्टमाइक्रोबियल औषधीको रेसिस्टेन्ट नियन्त्रण गर्न चिकित्सकले सामान्य स्वास्थ्य समस्या आउनसाथ जथाभाबी एन्टिमाइक्रोबियल औषधी प्रिस्क्राइब गर्नु हुँदैन ।”

मानसिक समस्या भएका बेलामा प्रयोग हुने औषधी जहाँ पनि सजिलै नपाइए जस्तै एन्मिाइक्रोबियल औषधी बिक्री नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालमा यसलाई रोकथाम गर्ने थुप्रै कागज बनेपनि कार्यान्वयन ल्याउन सबै मिलेर लानुपर्ने उहाँको भनाइ छ । यसलाई रोकथाम गर्न स्वास्थ्य मन्त्रालय एक्लैले नसक्ने हुँदा सबैको सहकार्य आवश्यक पर्ने उहाँ बताउनुहुन्छ ।

त्यस्तै, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सङ्गीता कौशल मिश्राले राम्रोसँग चेकजाँच गरेमात्र रोग पत्ता लगाएर औषधी प्रिस्क्राइब गर्न चिकित्सकलाई आग्रह गर्नुभयो ।

यसैगरी, कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले टेबुल टेबुलबाट एन्टिवायोटिकको बिक्री रोक्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डा.टङ्क बुर्लाकोटीले एनटमाइक्रोयिल औषधीको प्रिस्क्राइब अडिट गर्न सकियो भनेमात्र यसको जथाभाबी प्रिस्काइब रोक्न सकिने बताउनुभयो ।

उहाँले मन्त्रालयले चिकित्सकको प्रिस्क्रप्सन अडिट गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरूमा एन्टीमाइक्रोबियल रेसिस्टेन्ट प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एन्टीमाइक्रोबियल रेसिस्टेन्ट १० जनस्वास्थ्यको समस्यामध्ये एक हो ।