• २९ जेठ २०८२, बिहिबार

आइसिसी विश्वकप लिग–२ : नेपालले दियो नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौँ, जेठ २७ गते । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको चौथो खेलमा जितका लागि नेदरल्यान्डलाई दुई सय ३७ रनको लक्ष्य दिएको छ ।

स्कटल्यान्डको डन्डीमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३६ रन बनाएको हो । 

नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रनको अर्धसतकीय पारी खेल्नुभयो । उहाँले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतले उक्त रन बनाउनुभएको हो । 

यस्तै भीम सार्की र कप्तान रोहितकुमार पौडेलले ३५/३५, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११/११ तथा नन्दन यादवले अविजित १०  रन बनाउनुभयो । 

बलिङमा नेदरल्यान्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिनुभयो । माइकल लेभिटले  तीन तथा आर्यन दत्तले एक विकेट झार्नुभयो ।