• २८ जेठ २०८२, बुधबार

गर्मी बढेपछि कपिलवस्तुका तीन पालिकामा विद्यालय बन्द

blog

नारद कोहार

तौलिहवा(कपिलवस्तु), जेठ २७ गते । जिल्लाको कपिलवस्तु, बुद्धभूमि र बाणगङ्गा नगरपालिकाले गर्मीका कारण विद्यालय बिदा दिएका छन् । बुद्धभूमि र बाणगङ्गा नगरपालिकाले चार दिन मङ्गलबारदेखि शुक्रबार सम्म र कपिलवस्तु नगरपालिकाले तीन दिन बुधबार देखि शुक्रबार सम्म बिदा दिइएको हो ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुनाराम पौडेलका अनुसार तराईमा बढ्दै गएको गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न कठिनाई उत्पन्न भएकोले बिदा दिने निर्ण गरिएको बताउनुभयो । नगरले सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा बिदा दिने निर्णय गरेको उहाँको भनाइ छ ।

त्यस्तै बाणगङ्गा नगरपालिकाका शाखा अधिकृत खिमबहादुर जि.सी.का अनुसार तराईमा बढ्दै गएको गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षण सिकाइमा प्रतिकुल असर पर्न सक्ने जोखिमलाई मध्यनजर राख्दै नगरभित्र सञ्चालित सबै शैक्षिक संस्थाहरू ४ दिनका लागि गर्मी बिदा गरिएको बताउनुभयो ।

अत्याधिक गर्मीको कारण स्वास्थ्य प्रतिकुल हुँदा विद्यार्थीलाई विद्यालयमा रही पठनपाठन कार्यमा संलग्न हुन कठिनाइ हुने चार दिन सम्पूर्ण विद्यालयमा बिदा दिइएको बुद्धभूमि नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनुभयो । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालयहरूलाई गर्मी बिदा दिइएको बताइएको छ ।