• २ माघ २०८१, बुधबार

अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्छ : महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ।

काठमाडौँ, साउन २४ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गर्नुभएको छ।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो प्रस्ताव अघि सार्नुभएको हो। उहाँले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानुनी प्रबन्ध गर्नुपर्ने बताउनुभयो। 

उहाँले राष्ट्रिय सतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताउनुभयो। उहाँले नेपालमा ठुलाठुला भ्रष्टाचारका काण्ड मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचारलाई बनाइएको बताउनुभयो। 

उहाँले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुट्याउन आवश्यक रहेको बताउनुभयो। उहाँले भ्रष्टाचार जताततै रहेको भन्दै नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ भन्ने सोच्न नहुने बताउनुभयो। उहाँले नियमनकारी निकायहरू मिलीजुली भागबण्डामा बनाएकाले पनि भ्रष्टाचार रोक्न नसकिएको बताउनुभयो।

महामन्त्री थापाले सरकार मिलीजुली बनेको झैँ भ्रष्टाचारका काण्ड मिलेमतो भएर मात्रै सम्भव हुने जिकिर गर्नुभयो।