मिथिला संस्कृतिमा महत्वसाथ मनाइने मधुश्रावणी पर्व बुधबार सम्पन्न भएको छ । साउन शुक्ल पञ्चमीदेखि सुरु भई शुक्ल तृतीयाको अन्तिम दिन व्रतालुलाई पानको पातमा दुलो बनाएर कपासको बत्तीले घुँडामा दागेपछि मधुश्रावणी पर्व समापन भएको मानिन्छ । यसरी बत्ती दिने परम्परालाई ‘टेमी’ भनिन्छ । जनकपुरकी वन्दना चौधरीका अनुसार, “हिन्दु धर्ममा केही विशेष पर्व मात्र छन् जसमा महिला पुरोहितद्वारा नै अनुष्ठान गरी सम्पूर्ण विधि विधान गरिन्छ । मधुश्रावणीमा पनि महिलाद्वारा नै पूजा गरिन्छ । त्यसैले मधुश्रावणी पर्व महिला सशक्तीकरणको उदाहरण हो ।”
स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।
तनहुँका दिदीबहिनी सामूहिक भेला भएर हरेक तिजमा सांस्कृतिक महत्व र परम्परा झल्काउने गीत सिर्जना गर्दै आएका छन् । सो समूहले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र सडक एवं हवाई दुर्घटनाका विषयमा ‘मनै रुवाउने दुर्घटना’ बोलका तिजगीत सार्वजनिक गरेको छ । तिजका बेला उटपट्याङ र छाडा गीतको बाहुल्य बढ्दै गएको समयमा तनहुँका चेलीले तिजको मौलिक भाका र गीत संरक्षणको राम्रो प्रयास गरेका छन् । मोती डिजिटल स्टुडियोले तयार पारेको दुवै गीतमा सीता सिग्देलको शब्द रहेको छ । गीतमा प्रमिला सिग्देललगायतको स्वर छ ।
गुल्मीमा चिया खेतीको परीक्षणका लागि १० हजारभन्दा बढी बिरुवा लगाइने भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–७, भुर्तुङको धुँवाखोलामा १० हजारभन्दा बढी बिरुवा लगाउनका लागि खाडल खनेर तयार गरिएको छ । इलामबाट १० हजारभन्दा बढी बिरुवा परीक्षणका ल्याइने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।अहिले परीक्षणका लागि बिरुवा साउन महिनाको अन्त्यमा ल्याइने र परीक्षण सफल भएमा यसलाई व्यावसायिक रूपमा नै अगाडि बढाउने गरी तयारी गरेको भण्डारीले बताउनुभयो ।
बाँकेका आठ वटा स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत २२ करोड ८५ लाख ३१ हजार ८५ रुपियाँ बक्यौता तिर्न बाँकी देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरे कुनै पनि बेला लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले स्थानीय तहलाई बक्यौता तिर्न पटक पटक सूचना जारी गर्दै आए पनि बक्यौता नतिरेपछि किस्ताबन्दीमा रकम तिर्न ४५ दिने सूचना जारी गरेर त्यसपछि लाइन काट्ने चेतावनी दिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको मन्त्रीस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै मन्त्री भण्डारीले क्षेत्रीय मूल्य शृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पु¥याउन तथा सहयोग बढाउन आग्रह गर्नुभयो ।
आरक्षणविरोधी आन्दोलनका कारण भारत पलायन हुनुभएकी बङ्गलादेशका निवर्तमान प्रधानमन्त्री सेख हसिना वाजेदले बेलायतमा शरण नपाउने हुनुभएको छ । बङ्गलादेशको चर्को आन्दोलन थेग्न नसकेपछि भारत पलायन हुनुभएकी हसिनाले बेलायतमा शरण दिनका लागि अपिल गर्नुभएको थियो । उहाँको अपिलप्रति बेवास्ता जनाउँदै बेलायत सरकारले शरणका लागि अन्यत्र विकल्प खोज्न सुझाएको छ । बङ्गलादेशमा उत्पन्न हिंसात्मक परिस्थितिको जिम्मेवार कुनै न कुनै रूपमा हसिना भएको लक्षित गर्दै भविष्यमा हुने अनुसन्धानका कारण बेलायतमा अपेक्षित सुरक्षा प्रदान गर्न नसकिने बेलायतको विदेश मन्त्रालयले प्रस्ट पारेको छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तिन मिनेटमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको नाइन एन–एजेडी कलसाइन हेलिकोप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका–७ मा दुर्घटना हुँदा हेलिकोप्टर चालकसहित चार जना चिनियाँ नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा हेलिकोप्टर चालक अरुण मल्ल र चिनियाँ नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झि जेमिङ रहनुभएको छ ।
नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत भएको छ।
नुवाकोटमा आज दुर्घटना भएको एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टरका पाइलट अरुण मल्लको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवती हो ।
टीकापुरमा दैनिक बाख्रा मारिन थालेपछि सरकारी निकायको बैठक बसेको छ । मङ्गलबारसम्म दश वटा किसानका खोरमा रहेका १८ बाख्रा मारिसकेपछि बुधबार टीकापुर नगरपालिकामा इलाका प्रशासन, इलाका प्रहरी, वन डिभिजन कार्यालय पहलमानपुरका प्रमुखहरूसहितको बैठक बसेको हो ।
नर्वेकी राजकुमारी मेट–मेरिटका २७ वर्षीय छोरालाई एक महिलामाथि आक्रमण गरेको आशङ्कामा सप्ताहन्तमा पक्राउ गरिएको प्रहरीले बुधबार बताएको छ ।
प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौजना भारतीय नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।