नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
करिब दुई दशक अघि ट्रयाक खोलिएको जलजलाको मिलनचोक–लेखफाँट–सालिजा जोड्ने सडक स्तरोन्नति हुने भएको छ ।
हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल पुनः निर्माणमा दबाब दिन सिरहाका इन्जिनियरहरूले आन्दोलन घोषणा गरेका छन् । सिरहाका इन्जिनियरहरूको अगुवाइमा गठित सङ्घर्ष समितिले आन्दोलनको घोषणा गरेका हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक समानता महिलाको मात्रै समस्या नभई पुरुषहरूको पनि भएको बताउनुभएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरुलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गर्नुभएको छ ।
हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
शेयर बजारमा केही वर्ष अघिसम्म ८० प्रतिशतभन्दा ज्यादा हिस्सा बैङ्क-वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरूले ओगटेको थिए ।
चाल्ने प्रतिवद्धतायुवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीलाई स्वदेशमै जीवनयापन गर्नसक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ। जनाउनुभएको छ।
भेरी अस्पताल नेपालगन्जले विपन्न समुदाय, ज्येष्ठ नागरिक र लक्षित वर्गका बिरामीलाई उपचारमा सहुलियत उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा करिब नौ हजार बिरामीले सहुलियत सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समुदायको आफ्नो ऐतिहासिक सम्पदा ती जाती समुदायको इतिहास भएकाले त्यसको संरक्षण तथा प्रवर्धनमा लाग्न आग्रह गर्नुभएको छ ।
खाँडाचक्र नगरपालिका ५ ढाणगाउँका मनिचन्द्र चौलागाईं उपचार नपाएर छटपटाइरहेका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धिका लागि तनहुँबाट तीन हजार ५१ जना विद्यार्थी सहभागी भएका छन् । दश पालिकाका १७० विद्यालयले सो सङ्ख्यामा सहभागीको लागि फाराम भरेको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।
बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन ९एससिबिए० का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गर्नुभएको छ ।