प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एसाेसिएसन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ ।
अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले उपराष्ट्रपतिमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाउनुभएको छ ।
हिजोदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका –१ गगनलेखोला र एसमोडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
भारतका विदेशमन्त्री एस. जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनरबहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसर पारी आउने आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो ।
प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले गाजा शहरको अल–नासर र हसन सलामा विद्यालयहरूमा इजरायली हवाई आक्रमणमा २५ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् ।
इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरी कानीले इजरायलले गरेको हमास पोलिटब्यूरो प्रमुख इस्माइल हनियाहको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षालाई कमजोर बनाएको बताउनुभएको छ ।
गोरखामा लोपाेन्मुख चाइनिज सालकको उद्धार गरिएको छ । मङ्गलबार दिउँसो ३ बजे आरुघाट गाउँपालिका – ९ धमलाचोकको एक स्थानियको घरमा छिरेपछि स्थानियवासीले प्रहरीलाई खबर गरेपछि ईलाक प्रहरी कार्यालय आरुघाटको प्रहरी टोलीले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो ।
केरोली किसफलुदी (५ फेब्रुअरी १७८८–२१ नोभेम्बर १८३०) एक हङ्गेरियाली नाटककार एवं कलाकार थिए । उनी नेसनल ड्रामाका संस्थापक पनि हुन् । उनको साहित्यिक यात्रा सन् १८०४ बाट सुरु भएको दे
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले विश्व बजारमा आएको गिरावट संयुक्त राज्य अमेरिकामा निराशाजनक रोजगारीका तथ्याङ्कहरू जारी गर्दाको परिणामका रुपमा चित्रण गर्नुभएको छ ।
नवलपुरको कावासोती ४ हसौरामा मङ्गलबारदेखि हराइरहेका ३० महिने बालक खोला किनारमा मृत अवस्थामा फेला परेका छन् ।
बिहानदेखि बाहिर निस्केको छोरा मध्य दिन हुँदा पनि फर्केको छैन । अरू दिन बिहानै बाहिर निस्के पनि सामान्यत ऊ खाने खाने समयमा फर्कन्थ्यो । तर आज मध्य दिन भइसक्यो कहाँ गयो होला ? परिवारका
मङ्गलबार बिहान बागलुङको बडिगाड गाउँपालिका १० आरुपाटामा गएको पहिरोमा परेर घाइते भएकाहरुको उद्धारका लागि करिब २१ घण्टापछि हेलिकोप्टर घटनास्थल नजिक अवतरण गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको छ ।
यहाँका ९५ प्रतिशत घरमा खानेपानी र ३२ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजनामार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएका जनाएको छ ।