• ११ मंसिर २०८१, मङ्गलबार

अमेरिकी निर्वाचन : मिनेसोटाका गभर्नर वाल्ज उपराष्ट्रपतिको उम्मेदवार

blog

उपराष्ट्रपतिका उम्मेदवार मिनेसोटाका गभर्नर टिम वाल्ज

अमेरिका, साउन २३ गते । अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले उपराष्ट्रपतिमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाउनुभएको छ ।

डेमोक्र्याटिकबाट राष्ट्रपतिको उम्मेदवार बनेसँगै ह्यारिसले उपराष्ट्रपतिमा मिनेसोटाका वाल्जलाई अघि बढाउनुभएको हो ।

ह्यारिसले राष्ट्रपति उम्मेदवारका लागि पार्टीबाट पर्याप्त डेलिगेट भोट जितिसक्नुभएको छ । एक गभर्नर, एक प्रशिक्षक, एक शिक्षक र एक अनुभवीको रूपमा वाल्जले धेरै काम गरिसकेको र आफूलाई पनि सहज हुने ह्वारिसको विश्वास छ ।

६० वर्षीय वाल्जले सदन प्रतिनिधिको रुपमा सेवा गरिसक्नुभएको छ । उहाँ सन् २०१८ मा मिनेसोटाको गभर्नर र २०२२ मा पुनः निर्वाचित हुनुभएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल