जलजला गाउँपालिका–७, धाइरिङका ७४ वर्षीय चन्द्रे परियारलाई उपचारका लागि पोखराको अस्पतालमा पुग्ने र फर्किने पैसा जुटाउने चिन्ता थियो । टाउकाको शल्यक्रिया गर्नुभएका परियारलाई जलजला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्सले घरबाट पोखरास्थित अस्पताल लैजाने र ल्याउने सेवा प्रदान ग¥यो । पालिकाले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा पाएपछि परियारको मुहारमा खुसी छायो ।
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्डमा ठाउँ ठाउँमा पहिरो गएको छ । गएको असार तेस्रो हप्ता आएको अविरल वर्षले सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डलाई अस्तव्यस्त बनाएको हो । झन्डै ९० किलोमिटरको स्याङ्जा खण्डमा एक सयभन्दा धेरै पहिरो गएको छ । पहिरोका कारण केही दिन अवरुद्ध भएको सडक एकतर्फी सञ्चालन गरियो । एकतर्फी सञ्चालन गरेको पनि एक महिना पूरा भएको छ तर अहिलेसम्म सडकको पहिरो पूर्ण रूपमा हटाइएको छैन अर्थात् सडक एकतर्फी रूपमा नै सञ्चालनमा छ ।
मनसुनजन्य प्रकोपका कारण नवलपुर उच्च जोखिममा रहेको जिल्ला हो । यहाँ मनसुनका कारण सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यविन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयीत्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढीपहिरोको उच्च जोखिममा छन् । बाढीपहिरोका कारण यहाँ बर्सेनि ठुलो जनधनको क्षति हुने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ ।
भौगोलिक विकटताका कारण विकास हुन नसकेको क्षेत्र भन्ने उपमा पाएको कर्णाली प्रदेशमा सङ्घीयता आएको सात वर्षमा खासै विकासले फड्को मार्न सकेको छैन । यद्यपि यो अवधिमा चार मुख्यमन्त्री र ५१ जना मन्त्री भएका छन् । सङ्घीयताको कार्यान्वयनसँगै गठन भएका प्रदेश सरकार केन्द्रीय राजनीतिको वरिपरि घुमेपछि सरकार बनाउने र ढलाउने कामले प्राथमिकता पाएको जस्तो देखिएको छ भने विकासले ठिक उल्टो ढङ्गले प्रभावित भएको छ । प्रदेश स्वायत्त बन्न नसक्दा हरेक छ महिना जसो नयाँ मुख्यमन्त्री र मन्त्री देखिने स्थिति सिर्जना भइरहेको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको जाङगाउँमा दुई घरधुरी मात्र रहेका छन् । गाउँलेहरू बसाइँ सरेर काठमाडौँ तथा अन्यत्र गएपछि अहिले सो गाउँभरि केवल दुई घर मात्रै छन् । लिमीको जाङगाउँका स्थानीय कुन्चोक तामाङले लिमीकै दोस्रो ठुलो गाउँ जाङमा हाल दुई वटा घर मात्रै रहेको बताउनुभयो । उक्त गाउँमा पहिले ६४ घरधुरी थिए । १० वर्षदेखि उक्त गाउँका स्थानीय काठमाडौँ बसाइँ सर्दै आएका छन् । सुविधामुखी भएपछि गाउँमा बसेर दुःख नगर्ने निष्कर्षमा पुग्दा गाउँ रित्तिँदै गएको उहाँले बताउनुभयो । गत वर्षसम्म १२ घरधुरी रहे पनि यस वर्ष दुई घर मात्रै रहेको उहाँको भनाइ छ ।
गत वर्ष जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले मानवीय र भौतिक क्षति बेहोरेका रुकुमपश्चिमवासीले यो बर्खामा मनसुनजन्य विपत्बाट उस्तै क्षतिको सामना गर्नु परिरहेको छ । भूकम्पले घर भत्काएपछि टहराको सहाराका जीवन गुजारिरहेकामध्ये अधिकांश प्रभावित परिवार त्रासमै रात बिताउने गरेका छन् भने कतिले त्रिपाल टाँगेर बस्न बाध्य भएका छन् । आठबिसकोट नगरपालिका–११, फारुलागाउँका नरबहादुर खड्काले एउटा विपत्को घाउ पुरिन नपाउँदै अर्को विपत्ले घर न घाटको अवस्थामा पु¥याएको दुःखेसो पोख्नुभयो ।
किसानलाई ७५ प्रतिशत अनुदानमा पावर ट्रिलर दिने सर्तमा गुपचुपमा पालिका छिरेको सुरो नेपाल नामक गैरसरकारी संस्थाका कारण कैलारी गाउँपालिकामा बबन्डर मच्चिएको छ । एक लाख रुपियाँदेखि एक लाख २५ हजारसम्म दिएका किसानले पावर ट्रिलर नपाएपछि बबन्डर मच्चिएको हो । गाउँपालिका कार्यालयबाट पूर्वसहमति नलिई सो संस्थाले स्थानीय सहकारी र व्यक्तिमार्फत किसानबाट पैसा उठाएको थियो ।
व्यापक प्रदर्शनबाट प्रधानमन्त्रीलाई अपदस्थ गरिएको एक दिनपछि बङ्गलादेशमा मानवाधिकार समूह र कूटनीतिज्ञहरूले मङ्गलबार हिन्दूलगायत अल्पसङ्ख्यकहरूमाथि भएको आक्रमणको रिपोर्टप्रति चिन्ता व्यक्त गरेका छन् ।
बर्सेनिको मनसुनी प्रभाव भित्रिएसँगै बाढीपहिरोको त्रास मुलुकभर नै हुने गरेको छ । यस पटकको वर्षामा पनि बाढीपहिरोमा परेर सयौँको ज्यान गइसकेको छ भने भौतिक सम्पत्तिको नोक्सानीसमेत उत्तिकै भएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकाभित्रै पनि बाढीपहिरो र डुबानले क्षति हुँदै छ । उपत्यकामा खास गरी विसं २०५० पछि तीव्र गतिमा नदीनाला मिचेर बस्ती विस्तार हुन थालेपछि वर्षैपिच्छे डुबानको समस्या बढिरहेको छ । खोला अतिक्रमण गरेर बस्ती बसेपछि खोलाले आफ्नो बहाव क्षेत्र खोजेको मात्रै हो, खोलाले चर्चेको क्षेत्र बेला मौकामा उसले ढाक्न खोज्नु सामान्य कुरा भएको पुरानो अवस्था देखेभोगेकाहरूको भ
नेपालमा विकास भन्नु नै भौतिक पूर्वाधार हो भन्ने बुझिएको छ तर यो विकास नभई विकासको पूर्वसर्त मात्र हो । विकासको प्रारम्भिक चरणमा सबै जसो मुलुकको प्रवृत्ति यस्तै देखिन्छ । तीनै तहका सरकारको बजेट विनियोजनको महìवपूर्ण अंश पूर्वाधारमा छ । सडक, पुल, सिँचाइ, प्रसारण लाइन, भवन, विमानस्थल क्षेत्रमा जनस्तरबाट अत्यधिक माग छ तर पूर्वाधारको चित्राङ्कन छैन । कुन क्षेत्रमा कति पूर्वाधार आवश्यक हो भन्ने चित्राङ्कनले विकास, वित्त र वातावरणबिच सन्तुलन कायम गर्न सकिन्छ । राजनीतिज्ञ र नीतिनिर्माताहरू भौतिक पूर्वाधार व्यवस्थापनको क्षमता बाहिर देखिएका छन् । त्यसैले पूर्वाधार क्षेत्रले समस्याहरू भोग्दै आएको छ ।
सप्तरीको राजविराज–कुनौली सडकखण्डमा वर्षाका कारण अवरुद्ध भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयभन्दा करिब ३०० मिटर पूर्व सडक खाँडो र जिता नदीले कटान लागेसँगै यातायात आवतजावत अवरुद्ध भएको हो ।
पछिल्लो समय निजामती सेवामा महिलाको सहभागिता बढ्न थालेको छ । सङ्ख्यात्मक रूपमा मात्र नभएर नेतृत्व तहमै महिलाको उपस्थिति हुन थालेको छ । निजामती सेवाको इतिहासमै पहिलो पटक मुख्य सचिवमा महिला पुग्नुभएको छ । साउन १० मा बसेको मन्त्रीपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व मुख्य सचिव वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाउनुभएको थियो । २०५२ सालमा न्याय सेवाको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गर्नुभएकी लीलादेवी सचिव भएको चार वर्षपछि पहिलो महिला मुख्यसचिव भ
१. बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार–२०८१ कसलाई प्रदान गरियो ? नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत – त्यसै गरी सञ्चारकर्मी चन्द्रकिशोर झालाई सेवा पुरस्कार नेपाल–२०८१ प्रदान गरिएको छ । – दुवै पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रुपियाँ रहेको छ ।