पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भर्टमा बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
मानव स्रोत व्यवस्थापनको अर्थ १. मानव स्रोत व्यवस्थापन भनेको के हो ? नेपालको निजामती सेवामा मानव स्रोत व्यवस्थापनमा संलग्न निकाय र तिनको भूमिका माथि प्रकाश पार्नुहोस् । सङ्गठनको लक्ष्य तथा उद्देश्य हासिल गर्न मानव स्रोतसम्बद्ध विविध पक्षको व्यवस्थापन गर्ने कार्य नै मानव स्रोत व्यवस्थापन हो । यसले सङ्गठनमा कामदार वा कर्मचारीको भर्नापूर्वदेखि अवकाशसम्मका नीतिगत, संरचनागत तथा प्रव्रिmयागत विषयको समग्र व्यवस्थापनलाई जनाउँछ । मानव स्रोत व्यवस्थापन अन्तर्गतका कार्यलाई मूलतः मानव स्रोतको प्राप्ति, विकास, उपयोग र संवर्धन गरी चार आयाममा वर्गीकरण गरी अध्ययन गर्ने गरिन्छ । निजामती सेवामा मानव स्रोत व्यवस्थापनमा संलग्न निकाय र तिनको प्रमुख भूमिका
कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारी प्रथाको मूल कथावस्तुमा निर्माण गरिएको ‘बुलाकी’ को प्रवर्धन भिडियो सार्वजनिक गरिएको छ । बुलाकीको प्रवर्धन भिडियो सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णाली विकट नभई विराट’ रहेको बताउनुभयो ।
एसिडपीडितको वास्तविक कथामा निर्मित चलचित्र ‘नमेटिने घाउ’ को प्रवर्धन सामग्री सार्वजनिक गरिएको छ । प्रवर्धन पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित एसिडपीडितको तस्बिर राखिएको छ ।
च्याब्रुङ नाच लिम्बू समुदायको प्रचलित नृत्य हो । जातिको चिनारीका रूपमा रहेको सांस्कृतिक बाजा च्याब्रुङ विवाह, पर्व, उत्सव, घरपैँचो जस्ता शुभकार्यमा बजाएर नाचिन्छ । मादल जस्तै ठुलो काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङ बाजामा खरीको प्रयोग गरिँदैन । च्याब्रुङ नाचमा वृत्ताकार शैली, घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । तथापि च्याबु्रङ नाचको टोली खोज्न टाढा टाढासम्म पुग्नु पर्छ । चैनपुर नगरपालिका सङ्खुवासभाका मानध्वज लिम्बूले भन्नुभयो, “पहिल्लो पिँढीले यो सिप नसिकेका कारण लोप हुने अवस्थामा छ ।”
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ ।
बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने एकमहिने गुँला पर्व सोमबारदेखि सुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्व मनाइन्छ । सो पर्वको समयमा परम्परागत बाजागाजासाथ बौद्ध चैत्यस्थलको परिक्रमा र दर्शन गरिन्छ ।
देशभर साउन २० गतेसम्म ९६.३ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । यस वर्ष १४ लाख एक हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ, त्यसमध्ये १३ लाख ४९ हजार ६०१ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । गत वर्ष साउन १९ गतेसम्म ८१.८ प्रतिशत रोपाइँ मात्र भएको थियो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदीको भन्सारदर घटाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँगको भेटमा मन्त्री पौडेलले भारतमा भन्सारदर घटेकाले त्यसको प्रभाव नेपालमा पारेकाले यस विषयमा सम्बद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिबद्धता जनाउनुभयो ।
नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्तसम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको छ । लघुवित्तपीडितको समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेस गर्न गठित कार्यदलले मङ्गलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन पेस गर्दै त्यस्तो सुझाव दिएको हो । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको संयोजकत्वमा गठित कार्यदलले लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई कठिनाइ भएको गुनासो रहेको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थाबाट हुने वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको परीक्षामा आठ हजार ९६५ परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि दोस्रो चरणको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएकोमा आठ हजार ९६५ जना उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी गराएको हो । सो शाखाका अनुसार गत वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म ७९ हजार ९३७ जनाका लागि लिइएको दोस्रो चरणको भाषा परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । दोस्रो चरणको भाषा परीक्षामा सहभागी परीक्षार्थीको नतिजा दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले सोमबार राति सार्वजनिक गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दै छ । बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदै छन् । यस्तो परीक्षामा सहभागी हुन जिल्लामै फाराम भर्न पाउने व्यवस्था छ । महिना दिनअघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार जना भए पनि दुई लाख १० हजार मात्रै सहभागी हुन लागेका हुन् ।
नेपाल काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला कभर्डहलमा मङ्गलबार भएको उक्त खेलामा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेको हो । यसअघि लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो । नेपालले बुधबार फाइनलमा भारतसँग खेल्ने भएको छ । शनिबार नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको थियो । मङ्गलबार भएको इरानसँगको खेलमा नेपालले सोझो सेटमा खेल जिते पनि खेल प्रतिस्पर्धात्मक थियो । नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गर्नुभयो । “इरानविरुद्ध उच्च मनोबलका साथ खेलेकाले सोझो सेटमा जित हासिल गर्न सफल भयौँ । फाइनलमा आजका खेलमा भएका गल्ती पनि सुधारेर खेल्ने छौँ,” उहाँले भन्नुभयो । कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पु¥याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गर्नुभयो ।
बाघको सङ्ख्या बढेसँगै यसको व्यवस्थापनमा चुनौती देखिएको छ । सङ्ख्या वृद्धिसँगै संरक्षित क्षेत्रमा बाघ व्यवस्थापन हुन नसक्दा मानव बस्तीमा प्रवेश गर्ने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्ने चुनौती बढेको छ । भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई नारायणगढ बजारसँगै रहेको नारायणी नदीकिनारमा आक्रमण गर्ने बाघलाई आइतबार साँझ उद्धार गरी सौराहामा राखिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार करिब पाँच वर्षको सो बाघलाई उद्धार गरिएको हो । “बाघ निकुञ्ज आसपासका मानव बस्तीमा आउने जाने त भइरहन्छ तर अहिले मान्छे र घरपालुवा जनावरलाई आक्रमण गर्नु दुःखद हो,” उहाँले भन्नुभयो ।
बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गर्नुभएकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताउनु भएको छ ।