• १० मंसिर २०८१, सोमबार

नाबालिका करणी गरेको आरोपमा युवक पक्राउ

blog

गुणबहादुर रोका
सुलीकोट, साउन २३ गते ।
नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको बृन्दाबन नगरपालिका – ५ स्थायी घर भई हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका – ४ बस्ने २१ वर्षीय दिपेन्द्र दास भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार ११ वर्षीया नाबालिकालाई विभिन्न प्रलोभनमा पारेर ललाई फकाई डर त्रासमा पारी मकवानपुरको हेटौँडाबाट २०८१ साल साउन ७ गतेदेखि भगाएर १८ गतेसम्म गोरखा नगरपालिका – ६ सदरमुकामको एक होटेलमा पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पीडित नाबालिकाको बुबाले दिएको जाहेरी दरखस्तको आधारमा करणी आरोपी दासलाई सोमबार मकवानपुर प्रहरीले पक्राउ गरी मङ्गलबार जिल्ला प्रहरी कार्यालय गोरखामा उपस्थित गराएको उहाँले बताउनुभयो ।

पक्राउ परे लगत्तै करणी आरोपी दासलाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा मङ्गलबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।