• २४ साउन २०८१, बिहिबार

अन्नपूर्ण एयरको हेलिकप्टर आकस्मिक अवतरण

blog

बाँकेको राप्ती सोनारी १ भम्कामा आकस्मिक अवतरण गरेको हेलिकप्टर । तस्बिर सौजन्य : सशस्त्र प्रहरी, नेपालगन्ज

सिराज खान 

नेपालगन्ज, साउन २३ गते । काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन-एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका १ भम्कामा आकस्मिक अवतरण गरिएको छ । 

नेपालगन्जमा तेल भरेर बैतडी जान काठमाडौँबाट उडेको सो हेलिकोप्टर नेपालगन्ज नपुग्दै मौसम खराब भएको कारण अपराह्न ४ बजेर ४० मिनेटमा राप्ती सोनारी भम्कामा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वाटरका एसपी विमल डाँगीले जानकारी दिनुभयो। उहाँले हेलिकप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकप्टर पनि सुरक्षित रहेको जनाउँदै त्यहाँबाट हेलिकप्टरलाई राप्तीसोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको बताउनुभयो । 

मौसम सफा भएपछि हेलिकप्टरलाई गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ ।