• २२ साउन २०८१, मङ्गलबार

परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, साउन २२ गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबिच नेपाल जर्मनी सम्बन्धका विविध पक्षका साथै आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ । रासस