• २२ साउन २०८१, मङ्गलबार

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

blog

काठमाडौँ, साउन २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार खडकबहादुर रोकायविरुद्ध झुट्टा बिल भरपाइ बनाइ सरकारी रकम हिनामिना गरेको सम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ । 

रोकायाले सुर्खेतको साविक घुमखहरे गाविस वडा नम्बर ९ स्थित लामिताले सिंचाई योजनाको लागि आर्थिक वर्ष २०६४/६५ देखि आर्थिक वर्ष २०६८/६९ सम्म जम्मा चार लाख ३८ हजार पाँच सय रुपियाँ बराबरको सरकारी रकम खर्च भएको र कार्यसम्पन्न प्रतिवेदन अनुसार सम्पन्न नभएको आयोगले जनाएको छ ।

यस्तै फत्तेबहादुर सोडारीविरुद्ध नक्कली प्रमाणपत्र सम्बन्धीको भ्रष्टाचार मुद्दा सर्वोेच्चमा पुनरावेदन गरिएको छ । सोडारीले एम।एड तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र कालिकेश्वरी उच्च माध्यामिक विद्यालयमा प्राचार्य ओहदामा रहनका लागि टीकापुर मल्टीपल क्याम्पसबाट अध्ययनको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, आयोगका अनुसार प्रकाशचन्द्र अधिकारी भन्ने प्रकाश अधिकारीविरुद्ध सरकारी छाप तथा दस्तखत किर्ते गरी सरकारी कागज हेरफेर गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको छ ।

यस मुद्दामा प्रतिवादी प्रकाश अधिकारी, नरोत्तम श्रेष्ठ, गोमा श्रेष्ठ, प्रदीप श्रेष्ठ, प्रेमलाल श्रेष्ठ समेतको मिलेमतोमा गैर कानुनी तरिकाले सरकारी कागज सच्याई हेरफेर गरी गलत लिखत तयार गरी नेपाल सरकारको सम्पत्ति हानी पु¥याउने बद्नियतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र दफा १७ को कसुर गरेको आयोगले जनाएको छ ।