आर्थिक वर्ष २०७७-०७८ मा कर्णाली प्रदेश सरकारले ‘सहलगानी कार्यक्रम’को घोषणा गर्यो । उक्त वर्ष कार्यक्रम कार्यान्वयनका लागि एक करोड बजेट विनियोजन गरिएको थियो । तर कार्यान्वयन भएन । कार्यक्रमको ढाँचा र कार्यविधि निर्माण नहुँदा कार्यक्रम कार्यान्वयन हुन सकेन ।
सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको छ ।
इरानले तेहरानमा हमास नेता इस्माइल हनियाहको हत्यामा संलग्न आक्रमणकारीविरुद्ध निर्णायक कारबाही गर्ने चेतावनी दिएको छ ।
बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो ।
सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कांस्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ ।
झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियारहरू नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ ।
चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले विशेष अनुदान र ससर्त अनुदानसम्बन्धी कार्यविधि मिचेर रकम वितरण गरेको विशेष संसदीय छानबिन समितिले औँल्याएको छ । विशेष संसदीय छानबिन स
डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ ।
बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि बनाएको बागमती विश्वविद्यालय विधान कार्यान्वयनमा नआउँदै खारेज गरिएको छ । विश्वविद्यालय स्थापनाको तयारीमा लागेको प्रदेश सर
बाँकेको राप्ती सोनारी गाउँपालिका –७ फत्तेपुरको पिपरहवाबाट राप्ती नदी पार गरी डुडुवा गाउँपालिका–१ होलियाको चौफेरीगाउँतर्फ सामानसहित डुङ्गामा सयर गर्दै स्थानीयवासी ।
होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् ।