• २२ साउन २०८१, मङ्गलबार

बकैया नदीमा आठ पुल निर्माण गरिँदै

blog

तस्बिर : रासस

बकैया (मकवानपुर), साउन २२ गते । काठमाडौँ/तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदै छ । दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल आठ वटै पुल निर्माण भइरहेका छन् । 

निर्माणाधीन सबै पुल आगामी दुई वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । ललितपुरको खोकनाबाट बाराको निजगढसम्मको द्रुतमार्ग ७० दशमलव नौ सय ७७ किलोमिटर लामो छ । सडकमा विभिन्न स्थानमा १२ दशमलव आठ सय ८५ किमी लम्बाइका ८९ पुल निर्माण हुने छन् । 

द्रुतमार्ग वि.सं.२०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल  ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहण सम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ । रासस