• २२ साउन २०८१, मङ्गलबार

एउटै निर्वाचन क्षेत्रबाट तीन जना मन्त्री

blog

दैलेख समाचारदाता

दैलेख, साउन २२ गते । दैलेखको निर्वाचन क्षेत्र नं. २ बाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन जना प्रदेश सभा सदस्य मन्त्री भएका छन् । निर्वाचन क्षेत्र नं. २ को प्रदेश (क) बाट नेपाली कांग्रेसका घनश्याम भण्डारी, प्रदेश (ख) बाट नेकपा (एमाले) का विनोदकुमार शाह र एमालेकै समानुपातिक प्रदेश सभा सदस्य गमता विक प्रदेश सरकारमा मन्त्री र राज्यमन्त्री हुनुभएको छ । 

एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा विनोदकुमार शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, भौतिक  पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक मन्त्री हुनुभएको हो । विनोदकुमार शाह र गमता विक यसअघि नै मन्त्री भइसक्नुभएको थियो भने घनश्याम भण्डारी नेपाली कांग्रेसबाट आइतबार सामाजिक विकासमन्त्रीमा नियुक्त हुनुभएको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दैलेख निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (क) मा एमाले उम्मेदवार तिलक रिजाललाई पराजित गरी विजयी हुनुभएको थियो । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बन्नुभएका शाहले २०७९ सालको निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारलाई पराजित गर्नुभएको थियो ।